आज:  | Mon, 10, Aug, 2020

ओली र प्रचण्डको वार्ता निष्कर्षविहिन

बिरगंज सिटी ४ श्रावण २०७७, आईतवार २१:२०मा प्रकाशित (३ हफ्ता अघि) १४५० पाठक संख्या

साउन ४  काठमाडौं/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरु आज पनि असफल भएका छन । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घण्टा बढी कुराकानी भएपनि वार्ता सहमतिमा नपुगेको हो ।

बालुवाटारमा दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्म छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको नेताहरुले बताएका छन । हिजो केही सकारात्मक भनिएको वार्तामा आज भने कुनै सहमति नभएको नेताहरुले बताएका छन ।

पार्टीभित्रका विवादको कारणले असार १० गतेबाट चलेको स्थायी कमिटी बैठक आजसम्म आइपुग्दा ७ पटक स्थगित भइसकेको छ। साउन ६ गतेको लागि बैठक बोलाइएको छ।