आज:  | Thu, 13, Aug, 2020

भेडहा खोलाको बाढी नियन्त्रणमा संघीय सरकार गैरजिम्मेवार, दिर्घकालिन कदम चाल्न प्रदेश सरकारलाई सांसद यादवको आग्रह

बिरगंज सिटी ७ श्रावण २०७७, बुधबार १५:५१मा प्रकाशित (३ हफ्ता अघि) ३८८६ पाठक संख्या

श्रावण ७ वीरगंज/  प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत तथा संघीय सांसद प्रदिप यादवले लगातारको वर्षाको कारण नदी तथा खोलाहरूमा आएको बाढीले क्षती पुर्याएको ठाउहरूको स्थलगत अवलोकन गरेका छन ।

बुधबार बाढी प्रभावित पर्सा निर्वाचन क्षेत्र न.१ को बेलवा, सोलखपुर, प्रसोतिपुर, लालपर्सा, परसवा लगायतका क्षेत्रहरुको स्थानीय प्रसाशनका प्रमुख सहित मुख्यमंत्री राउत र सांसद यादवले स्थलगत अवलोकन गरेका हुन ।

भेडाहा खोलामा वर्षेनी आउने बाढीले यस क्षेत्रमा ठुलो क्षती पु¥याउने गरेको स्थानीयले मुख्यमंत्री राउत समक्ष दुखेसो पोखेका थिए । स्थानीयको गुनासो सुन्दै मुख्यमंत्री राउतले बाढीले क्षती पु¥याएको स्थानीय व्यक्तीहरुलाई राहत उपलब्ध गराउने आश्वासन दिएका थिए ।
भेडहा खोलाको बाढिले प्रत्येक वर्ष यस क्षेत्रको हजारौ विघा खेती योग्य जमीन कटान गरेर बालीमा समेत ठुलो क्षति पु¥याउने गरेकाले भेडाहा खोलाको बाढी नियन्त्रणको दिर्घकालिन उपायका बारेमा यथासिघ्र कदम चाल्न मुख्यमंत्री राउतलाई सांसद यादवले आग्रह गरेका थिए ।

भेडहा खोलाको बाढीले प्रत्येक बर्ष खेतीयोग्य जमिन नष्ट हुनुको साथै जनधनको पनि ठुलो क्षति हुने गरेकोले संघीय सरकारले नदी नियन्त्रणको लागी बजेट नपठाएकोप्रति पछिल्लो समय सांसद प्रदिप यादव संसदमा पनि संघीय सरकारबिरुद्ध खनिएका थिए ।

गएको दुई वर्ष पहिला राष्ट्रिय सभा अध्यक्षसहित विकास सभाका सभापतिलाई पनि बेलवा आसपासका गाउँमा लगी नदी नियन्त्रण गर्न आवश्यक बजेटको लागि ऊर्जा तथा सिचाई मन्त्रीलाई प्रतिवेदन दिए पनि मन्त्रीले त्यो प्रतिवेदन नै कता राखेर बजेट नदिएको भन्दै सांसद यादव जल तथा ऊर्जा मन्त्री बर्षमान पुनमाथि आक्रोस पोखेका थिए ।

बर्षेनी भेडहा खोलाको बाढिले त्यस क्षेत्र आसपासका जनताले क्षति व्यवहोर्ने गरे पनि संघीय सरकार गैर जिम्मार देखिएपछि सांसद यादव मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई स्थलगत अवलोकन गराई बाढि नियन्त्रणको लागी दिर्घकालिन उपाय बारे यथासिघ्र कदम चाल्न आग्रह गरेका हुन ।

अनुगमनका क्रममा संघीय सांसद प्रदिप यादवसंगसंगै सांसद हरिनारायण रौनियार, प्रदेश सांसद जन्नत अंसारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, बिरेन्द्र यादव, मौलााना नुरुल ओद्धा, सलाउद्दिन अहम्मद, तबरेज अहम्मद लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।