आज:  | Thu, 13, Aug, 2020

वीरगंजको एक वृद्धमा मृत्युपछि पुष्टि भयो कोरोना संक्रमण

बिरगंज सिटी ८ श्रावण २०७७, बिहीबार ११:०४मा प्रकाशित (३ हफ्ता अघि) ३१३० पाठक संख्या

श्रावण ८ वीरगंज/ वीरगंजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएको मंगलबार वीरगंजमा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वीरगंज महानगरपालिका– १० माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा श्रावण ६ गते मृत्यु भएको हो ।

वृद्धको मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको डा. उदय नारायण सिंहले जानकारी दिए । मृत्यु लगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा बुधबार राति आएको रिपोर्टमा संक्रमण देखिएको हो ।

स्वास स्वासप्रस्वासमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक वृद्धको शव अहिले गण्डक अस्पतालमै राखिएको छ । योसँगै नेपालमा कोरोनाले मृत्युु हुनेको संख्या ४३ पुगेको छ ।