आज:  | Thu, 13, Aug, 2020

किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा वीरगंजका लेखनदास पक्राउ

बिरगंज सिटी ८ श्रावण २०७७, बिहीबार १२:५०मा प्रकाशित (३ हफ्ता अघि) २४३७ पाठक संख्या

जग्गा किर्ते प्रकरणमा वीरगंका एक जना लेखनदास पक्राउ परेका छन् । किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा पर्सा प्रहरीले एक जना लेखनदासलाई पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका–५ स्थित मेनरोडमा रहेको स्व. कमला राजभण्डारीको नामको जग्गा किर्ते कागज तयार गरी उनको नक्कली छोरा बनाएर मुकेश राज भण्डारीको नाममा नामसारी गरिएको बारे अनुसन्धान सुरु भएपछि पर्सा प्रहरीले मालपोत कार्यालय पर्सामा लेखापढी गर्ने वीरगंज लक्ष्मणवाका अमर साह कानुलाई पक्राउ गरेको हो ।

मालपोत कार्यालय नजीक रहेका कानुको च्याम्बरबाटै सादा पोशाकमा आएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीसंगै किर्ते सहभागी प्रमेश साह कानू भने फरार छन् । प्रशासनले किर्ते जालसाजीको मुद्दा प्रहरीमार्फत छानविन सुरु गरेको छ ।