आज:  | Thu, 13, Aug, 2020

पर्सामा निषेधाज्ञा लगाएर घर घरमा कोरोना परीक्षण गर्न सांसद प्रदिप यादवको अनुरोध

बिरगंज सिटी ८ श्रावण २०७७, बिहीबार १६:१०मा प्रकाशित (३ हफ्ता अघि) २४७१८ पाठक संख्या

पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले घर घरमा गएर कोरोना परिक्षण गर्न तत्काल कदम चालन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका हुन् । समाजिक सञ्जालमा लेख्दै सांसद यादवले कोरोना मुक्त हुदै गएको पर्सा जिल्लामा हाल एक्कासी आएर समुदाय स्तरमै लक्षण सहितको कोरोना संक्रमित देखिन थालेकोले सचेत हुदै हामी सबै जिम्मेवार नागरिक गम्भीर हुन जरुरी रहेको बताएका छन् ।

बेलैमा रोकथाम नगरिए यहाँको स्थिति अझ बिकराल हुन सक्ने बिज्ञले औल्याएको बताउँदै उनले पर्सा जिल्लामा निषेधाज्ञा लगाएर भएपनि नागरिकको जीवन रक्षाको लागी घरघरमा कोरोना परीक्षण गर्न  आवश्यक रहेको सुझाव दिएका हुन् ।

बुधबारका दिन कोरोना भाइरसको संक्रमणले वीरगंजमा एक बृद्धको मृत्युसहित पर्साको थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै तिब्र गतिमा समुदाय स्तरमै गएर कोरोना परीक्षण गर्न तत्काल कदम चालन सांसद यादवले सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।