आज:  | Mon, 10, Aug, 2020

थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

बिरगंज सिटी ८ श्रावण २०७७, बिहीबार १७:०६मा प्रकाशित (२ हफ्ता अघि) ३२१४ पाठक संख्या

नेपालमा बिहीबार थप १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

अहिलेसम्म तीन लाख ३१ हजार ९५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ भने बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।

अहिलेसम्म १२ हजार आठ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा एक सय ५६ जना निको भएका हुन् ।