आज:  | Thu, 13, Aug, 2020

वीरगंजमा ९ महिने बालक, ५ थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

बिरगंज सिटी ९ श्रावण २०७७, शुक्रबार १०:२८मा प्रकाशित (२ हफ्ता अघि) २०५९ पाठक संख्या

पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ७ महिलासहित ३२ जना रहेको नारायणी अस्थाई कोरोना अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जनाए । संक्रमित हुनेमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला समेत रहेकी छिन ।

वडा प्रहरी कार्यलय श्रीपुर वीरगंजको थुनुवा कक्षमा रहेका ५ जना थुनुवा पनि संक्रमित भएको जनाईएको छ । संक्रमितमध्ये २६ जना पर्सा, १ जना बारा र ५ जना भारतीयहरू रहेको जनाइएको छ ।

मंगलबार र बुधबार स्वाब संकलन गरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले जानकारी दिए ।

यस अघि पनि १७ जनामा कोरोना संक्रमण फेला परेको थियो । जस मध्ये एक जनाको मृत्यु पछि कोरोना रिपोर्ट पाजेटिभ आएको थियो ।