आज:  | Thu, 13, Aug, 2020

ओलीलाई हटाउने देखी अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउनेसम्म यस्तो छ बाबुरामको प्रस्ताव

बिरगंज सिटी ९ श्रावण २०७७, शुक्रबार ११:५७मा प्रकाशित (२ हफ्ता अघि) १३६६ पाठक संख्या

जनता समाजवादी पार्टीका बरिष्ट नेता एंव पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधीलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोेग लगाउनुपर्ने बताएका छन्।
सर्वोच्च अदालतको फैसलाले रन्जन कोइराला छुटेको भोलिपल्ट ट्विट गदै भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् देश गम्भीर संकटमा जान लागेको भन्दै संकटमोचनका लागि पाँच प्रस्ताव सारेका छन् । जसमध्ये उनले शुरुका दुई बुँदामा संसद अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले ओलीलाई हटाउन प्रस्ताव गरेका हुन् ।
देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं
१) संसद अधिवेशन बोलाऊँ
२ केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं
३) अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ
४) भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं
५) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ