आज:  | Sat, 24, Oct, 2020

सुनको भाउ झन महँगो, बनायो नयाँ रेक्र्ड

बिरगंज सिटी ९ श्रावण २०७७, शुक्रबार १२:५१मा प्रकाशित (३ महिना अघि) ५०२० पाठक संख्या

नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । तोलामा १३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो भाउ नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । गएको बुधबारदेखी सुनको भाउले नयाँ रेक्र्ड राख्दै आएको छ । बिहीबार मात्रै तोलाको ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । शुक्रबार तेजावी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी छाएसँगै सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित हुँदा सुनको मूल्यले दैनिकरुपमा रेकर्ड बनाइरहेको जनाईएको छ ।