आज:  | Thu, 13, Aug, 2020

नेपाल–भारत जोड्ने मुख्य प्रवेशद्वारमा सांसद यादवले बनाए राष्ट्रीय ध्वजा सहितको ‘फ्लेग टावर’

बिरगंज सिटी ९ श्रावण २०७७, शुक्रबार १८:४३मा प्रकाशित (२ हफ्ता अघि) ३०८८ पाठक संख्या

पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदिप यादवले नेपालको प्रमुख प्रवेशद्धार वीरगंजको शंकराचार्य गेटस्थित लगाईएको राष्ट्रिय झण्डाको स्तम्भ ‘फ्लेग टावर’ कोे उद्धघाटन गरेका हुन् ।

जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका संघीय सांसद प्रदिप यादवले राष्ट्रिय गौरव झल्कने गरि नेपालको प्रमुख प्रवेशद्वार वीरगंजको शंकराचार्य गेटस्थित लगाईएकोे नेपालको झण्डाको स्तम्भ ‘फ्लैग टावर’ को राष्ट्रिय  ध्वजा फहराएर शुक्रबार एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन ।

पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको संसदीय विकास कोषको रकमबाट रु १० लाख र उनको तलब भताको रकम बाट ३ लाख ६२ हजार रूपैयाको सहयोगमा निर्माण गरिएको १ सय १० फिट उचाई भएको टावरमा ३० फिट लामो नेपालको राष्ट्रीय ध्वज सहितको ‘फ्लेग टावर’ रहेको छ ।

कार्यक्रममा बोल्दै सांसाद यादवले राष्ट्रको पहिचान र गौरव झल्कने गरी नेपाल–भारत जोड्ने मुख्य प्रवेशद्धारमा राष्ट्रिय झण्डाको स्तम्भ लगाउँदा आफूलाई धेरै नै गौरव लागेको बताए । नेपालको औधोगिक नगरीको रुपमा रहेको वीरगंजको शंकराचार्य गेटस्थित लगाइएको राष्ट्रिय झण्डाको ‘फ्लैग टावर’ले प्रत्येक नेपालीको गौरव गर्ने एउटा साझा चिन्हको रुपमा रहेको बताउँदैे सांसद यादवले नेपाली जनताको इतिहास, स्वाभिमान, स्वतन्त्रता, अपनत्व र एकताको सर्वसम्मत संकेत देखाउन यसको ठुलो महत्व हुने बताए ।

‘केही व्यक्तिहरु मधेशीहरुमा राष्ट्रियताको कमी हुन्छ भन्दै घच्घच्याईरहेका हुन्छन्, तर नेपालको असली राष्ट्रबादी, राष्ट्रभक्त र सिमा रक्षक मधेशी नै हुन भने मैले राष्ट्रको गौरव झल्कने गौरवशाली राष्ट्रिध्वजा फहराएर देखाएको कार्यले समेत पुष्टि गरेको छ, उनले भने’ ।
मधेश आन्दोलनलाई सम्झिदै उनले विगतका दिनमा यही ठाउँमा आन्दोलन गर्दासमेत केही व्यक्तिले भारतीय भनेर प्रहार गरेका थिए, राष्ट्रिय झण्डाको ‘फ्लैग टावर’ लगाई उनीहरुको अगाडी समेत चुनौती दिएको सांसद यादवको भनाई थियो ।

उनले नेपालको करिब ७० प्रतिशत आर्थिक भारसमेत सम्हालेको वीरगंजभन्सार क्षेत्रको मितेरीपुलदेखी रजतजयन्ती चौकसम्म फराकिलो पिचसहितको रोड यही बर्षभित्र बनाउने घोषणा समेत गरे ।

देश र मधेशको शानको लागी मरिमिट्ने क्रियशिल सपूत मेधशी नै हुन भने राष्ट्रिय झण्डाको ‘फ्लैग टावर’को प्रतिबिम्बले प्रमाणित भएको उनले बताए ।

सांसद प्रदिप यादवको प्रमुख अतिथित्व र तत्कालीन समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी,अतिथि जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पंत, वीरगंज महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामदरश प्रसाद कुशवाहा, कार्य पालिका सदस्य सुशील साह कानु, महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण भने जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।