आज:  | Sat, 19, Jun, 2021

भारतमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

बिरगंज सिटी ३१ श्रावण २०७७, शनिबार ०८:५५मा प्रकाशित (१0 महिना अघि) ३१९३ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमितको संख्या भारतमा २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६ सय ९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २ सय २२ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५ सय ५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९० जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४९ हजार १ सय ३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।