आज:  | Wed, 23, Sep, 2020

प्रधानमन्त्रीलाई गगनको पत्र : तत्काल जनस्वास्थ्य आपतकाल घोषणा गर्नुहोस्

बिरगंज सिटी २ भाद्र २०७७, मंगलवार १५:१२मा प्रकाशित (१ महिना अघि) १३८७ पाठक संख्या

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमणबारे ध्यानाकर्षण पत्र लेख्दै जनस्वास्थ्य आपत्काल घोषणा गर्न आग्रह गरेका छन् । सांसद थापाले कम्तिमा २ साताका लागि काठमाडौंलगायत कोरोना फैलिएका ठाउँमा जनस्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् ।

‘संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा २ साताको लागि काठमाडौंलगायत संक्रमण बढ्दो गतिमा भएका हटस्पटहरूमा जनस्वास्थ्य आपतकाल घोषणा गर्नुहोस्,’ थापाको पत्रमा उल्लेख छ ।

उनले प्रधानमन्त्रीसँग पर्याप्त समय हुँदा पनि कोरोना नियन्त्रणबारे काम गर्न नसकेको आरोपसमेत लगाएका छन् । उनले जनताको जीवन रक्षा गर्नु प्रधानमन्त्रीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सारा समय खर्च गरेर संकटलाई देखेको नदख्यै गर्ने छुट छ नहुने बताएका छन् ।

‘यो संकटमा जनताको जीवन रक्षा गर्नु अब तपाईंको पहिलो प्राथमिकता हुनुपर्छ,’ सांसद थापाले प्रधानमन्त्रीलाई भनेका छन्, ‘के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको सवार्थी किचलोमा सारा समय खर्च गरेर यो संकटलाई देखेको नदख्यै गर्ने छुट छ? छैन र हुनु हुँदैन ।