आज:  | Thu, 26, Nov, 2020

भारतको महाराष्ट्रमा पाँच तले भवन भत्कियो, कयौँ हताहत भएको आशंका

बिरगंज सिटी ९ भाद्र २०७७, मंगलवार ०९:२७मा प्रकाशित (३ महिना अघि) २२९० पाठक संख्या

काठमाडौँ- भारत महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा कयौँ हताहत भएको आशंका गरिएको छ ।

रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ ।

भत्किएको भवनबाट यो समाचार तयार पार्दासम्म एउटा शव फेला परेको बीबीसीले जनाएको छ ।

केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको भवनबाट ६० जनाको उद्धार गरिएको जनाएका छन् । त्यहाँ अझै २५–३० जना फसेको आशंका गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिएपछि केही मानिसहरू बाहिर निस्किएका थिए ।