आज:  | Wed, 23, Sep, 2020

सुशान्तको न्यायका लागि बोल्ने कंगनाविरुद्ध मुद्दा दर्ता, देशद्रोहको आरोप

बिरगंज सिटी ११ भाद्र २०७७, बिहीबार ०८:५३मा प्रकाशित (३ हफ्ता अघि) १५९७ पाठक संख्या

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत प्राय चर्चामा आइरहन्छिन्। पछिल्लो समय सुशान्तसिंह राजपूतको आतमहत्या प्रकरणमा उनी जोडदार रूपमा आवाज उठाइरहेकी छिन्। नातावाद तथा गुटबन्दीका कारण सुशान्तले आत्महत्या गर्न बाध्य परेको भन्दै आवाज उठाइरहेकी कंगनाविरुद्ध नै मुद्दा परेको छ। उनीविरुद्ध देशद्रोहको आरोप लागेको छ।

उनी आफ्नै बोलीका कारण यो समस्यमा परेकी हुन्। उनले हालै देशको संविधानमा आरक्षण व्यवस्थाविरुद्ध एक पोष्ट लेखेकी थिइन्। उनले ट्वीटरमा देशको संविधानमा आरक्षणविरुद्ध लेखेपछि अखिल भारतीय भीमसेनाका राष्ट्रिय अध्यक्ष सतपाल तन्वरले गुरूग्राम प्रहरी चौकीमा देशद्रोहको मुद्दा दायर गरेका हुन्। उजुरी परेपछि प्रहरीले छानविन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले २३ अगस्टमा भारतीय संविधान जातिवादी भएकाले यो संविधान अन्त्य गर्नुपर्ने भनेर ट्वीट लेखेकी थिइन्। उनीमाथि उक्त स्टाटस लेखेर जनतालाई भड्काएको आरोप छ। जातीय व्यवस्थाका कुरा गरेर मानिसहरूलाई एक आपसमा लडाउनु भारतमा देश विरोधी मानिन्छ।