आज:  | Thu, 26, Nov, 2020

सज्जा चौलागाईंले जितिन् नेपाल आइडल तेस्रो सिजनको उपाधी

बिरगंज सिटी १३ भाद्र २०७७, शनिबार १०:१०मा प्रकाशित (२ महिना अघि) १७४४ पाठक संख्या

नेपाल आइडल तेस्रो सिजनको उपाधी सज्जा चौलागाईंले जितेकी छिन् ।

शुक्रबार राती भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् । उनले किरणकुमार भुजेल र प्रविण भेडवाललाई पछि पार्दै उपाधी चुमेकी हुन् ।

यस्तै, प्रविण भेडवाल फस्ट रनरअप बने भने वाइल्ड कार्डबाट प्रवेश गरेका किरण कुमार भुजेल तेस्रो स्थानमा सीमित रहे ।

सुरुवाति दिनदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै आएकी सज्जा यस सिजनको विजेता बन्न सक्ने धेरैको अनुमान थियो ।सोही अनुरूप दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता घोषित भएकी हुन् ।