आज:  | Fri, 27, Nov, 2020

शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

बिरगंज सिटी १५ भाद्र २०७७, सोमबार ०७:४०मा प्रकाशित (२ महिना अघि) २१६४ पाठक संख्या

काठमाडौं- सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो निर्णय गरिएको ती मन्त्रीले बताए ।

यसैगरी बैठकले आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।

यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १५ गतेबाट खुला नगर्ने निर्णय भएको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।

यसैगरी यस्तै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको उनले बताए ।

साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय समेत भएको छ ।

मन्त्रिपरिषद्को बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत समेत नियुक्त गरेको छ ।