बीरगन्ज, १७ भदाै । निषेधाज्ञाका कारण प्रभावित भएका परिवारलाइ यहाँका युवाहरूकाे एक समुहले घर-घरमा पुगेर राहत पुर्याउने काम सुरु गरेको छ ।
२०-२१ वर्षका आठदेखि १० जना युवाहरुको यो समुहले आफुलाई “अनेकतामा एकता समुह” भन्छ । समुह कहिँ दर्ता छैन, कुनै ठुलो सङ्घ संस्थाको छाता संगठनपनि होइन । भविष्यको लागि कुनै लोभपनि छैन । बस छ त् एउटा कुरा र त्यो हो, सेवा गर्ने भावना ।
अनेकतामा एकता समुहले पछिल्लो दुई हफ्तादेखि जिल्लाका विभिन्न स्थानमा पुगेर अतिविपन्न, गरिव, दिन दु:खि र दैनिक ज्यालादारी गरेर आफ्नो जीवको पार्जन गर्ने व्यक्तिहरुलाई खाद्यान्नदेखि लिएर मेडिकल सहयोग समेत गरिरहेको छ ।
आफैले बचाएको खाजाको पैसा, टोल छिमेकका साथिभाई र अभिभावकहरुसँग गुहार गरेर मागेको आर्थी सहयोगले उनीहरुले विगत दुई हफ्तादेखि दाल, चामल, नुन, तेल, सोयाबिन, साबुन, चिनीलगायातका सामग्री घर-घरमा पुर्याई रहेका छन् ।
समुहको एउटा महत्पूर्ण र दुर्लभ पक्ष के हो भने; उनीहरुले राहत बाँडिरहेको तस्विर राख्दैनन्, न राहत प्राप्त गरेको व्यक्तिको नाम नै सार्वजनिक गर्छन । कसैको अस्मितामा आँच नआओस भनेर यस्तो गरेको उनीहरु बताउँछन् ।