आज:  | Wed, 23, Sep, 2020

चौधरी मृत्यु घटनाको स्थानिय प्रशासनले छानबिन गर्दै

बिरगंज सिटी २३ भाद्र २०७७, मंगलवार १८:४५मा प्रकाशित (२ हफ्ता अघि) ११३५ पाठक संख्या

बीरगन्ज, २३ भदाै । साेमबार उपचार नपाएर मृत्यु भएकाे बाराका विक्रम चाैधरीकाे घटनाका सम्बन्धमा स्थानिय प्रशासनले छानबिन गर्ने भएकाे छ ।

नारायणी अस्पतालले बाराकाे कोल्हवी नगरपालिका–४ सपही बस्ने विक्रम चौधरीको मृत्यु उपचार नगर्दा उनकाे मृत्यु भएकाे परिवारजनकाे आराेप छ । यस घटनाका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्सा र नारायणी अस्पतालले छुट्टाछुट्टै टाेलि गठन गर्ने भएकाे छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले तीन सदस्यीय छानबीन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि दोषी ठहरिएकालाई नियम अनुसार कारबाई र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने जानकारी गराएका छन्।

यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले यस घटनाकाे छानबिनका लागि टाेलि गठन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ पत्राचार गरिसकेकाे छ ।

विक्रम चौधरीको भदौ २१ गते नारायणी अस्पतालको आइसियूमा निधन भएको थियो।

उनलाई बिहान ११ बजे आइसियूमा भर्ना गरिएको तर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको लापर्बाहीका कारण उपचारविना अकालमैं मृत्यु भएको भनी चौधरीका दाइ अनिलकुमार चौधरीले जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दिएका थिए।

सोही उजूरीका आधारमा जिल्ला प्रशासन कार्यालय, पर्साले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा छानबीनको लागि उजूरीकर्ताको निवेदन संलग्न गरी पठाएको छ। स्वास्थ्य मन्त्रालयमा सोमवार उजूरीकर्ताको निवेदन पठाइएको र सोही दिन नारायणी अस्पतालले पनि तीन सदस्यीय छानबीन समिति गठन गरेको हो।