आज:  | Wed, 23, Sep, 2020

पर्सामा जीवनरक्षक औषधीहरूको अभाव

बिरगंज सिटी २४ भाद्र २०७७, बुधबार १६:२७मा प्रकाशित (२ हफ्ता अघि) १२८२ पाठक संख्या

बीरगन्ज, २४ भदाै । पर्सामा जीवनरक्षक औषधीको चरम अभाव सृजना भएको छ । लामोसमय देखिको लकडाउन तथा निषेधाज्ञाका कारण आयात तथा उत्पादनमा समस्या हुँदा जीवनरक्षक औषधीहरुको अभाव भएको हो ।

स्वासप्रश्वासका लागि अत्यावश्यक औषधी अस्थालिन पर्सामा बिर्लै पाउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । आस्थालिनका साथै डेक्सामेथासन, डेरिफाइलिन, ड्रोटाभेरिन, साल्बुटामोल रेस्पिरेटरी सोलुसनलगायतका औषधीहरूकाे अभाव देखिएको स्वास्थ्यकर्मीहरूकाे भनाइ छ ।

जीवनरक्षक औषधीहरुको अभाव हुँदा कोरोनाको उपचारका लागि अस्पताल भर्ना भएका दिर्घरोगीहरुको उपचारमा समस्या भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।

अस्थालिन दमका रोगीहरुले प्रयोग गर्ने औषधि हो । यसले स्वास फेर्नलाई सजिलो गराउने भएकाले कोरोना संक्रमितहरुका लागि पनि प्रयोग गर्ने गरिउको छ । अस्थालिन हालेर वाफ दिँदा आईसीयूमा भएका बिरामीलाई समेत स्वास प्रश्वासमा सहज हुने गरेको उपचारमा संलग्न चिकित्कसको अनुभव छ ।

बीरगन्जमा जीवनरक्षक औषधीहरुको अभाव भएको र पाईहाले पनि असाध्यै चर्को मुल्य तिर्नुपरेको बिरामीका आफन्तजनले गुनासो गरेका छन् ।