आज:  | Thu, 26, Nov, 2020

कंगना पुगिन मुम्बई, विमानस्थनमा समर्थन र विरोधका नारा

बिरगंज सिटी २४ भाद्र २०७७, बुधबार १६:३०मा प्रकाशित (२ महिना अघि) २३९५ पाठक संख्या

मुम्बईलाई पाकिस्तान प्रशासित काश्मीर भएको अभिव्यक्ति दिएर विवादमा आएकी अभिनेत्री कंगना रनौत मुम्बई पुगेकी छन् । 

उनी बुधबार दिउँसो पौने ३ बजे मुम्बई पुगेकी हुन् । उनी मुम्बई पुग्दा उनको समर्थक र विरोधी आमनेसामुने भएका थिए । उनी भीआईपी गेटबाट नभएर अर्को गेटबाट बाहिर निस्किएकी थिइन् । उनी एयरपोर्टबाट सिधै खारस्थित आफ्नो घर पुगेकी छन् ।

एयरपोर्ट पर कंगना के समर्थक और विरोधी आमने-सामने आ गए।

कंगनाको सुरक्षाका लागि उनको घरबाहिर ५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । यसअघि विमानस्थलमा कंगनाविरुद्ध शिवसेनाका कार्यकर्ताले विमानस्थलमा नाराबाजी गरेका थिए ।

 

यस्तै रिपब्लिकन पार्टी अफ इन्डियासहितका पार्टीहरुले समर्थनमा नाराबाजी गरेका थिए । उनी एयरपोर्ट पुग्नुभन्दा अघि नै सुरक्षाको कडा व्यवस्था गरिएको थियो ।

इससे पहले एयरपोर्ट पर शिवसेना के कार्यकर्ताओं ने कंगना के खिलाफ नारेबाजी की।

उनको सुरक्षामा मुम्बईमा फिल्ड मार्शल, सीआईएसएफ र मुम्बई प्रहरीका २४ भन्दा बढी जवान तैनाथ गरिएको छ ।

यसअघि बुधबार बीएसीले मुम्बई महानगरपालिकाले अवैध निर्माण गरेको भन्दै कंगनाको अफिसमा बुलडोजर चलाएको थियो ।

बिहान साढे १० बजे सुरु भएको सो कारबाही करिब १२ः४० सम्म चलेको थियो । यस कारबाहीका क्रममा अफिसको बाहिरी भागबाट बालकनी र भित्र निर्माण गरिएको संरचना नष्ट पारेको थियो ।

सो क्रममा आसपासका स्थानीयबासीले तोडफोडको विरोध गरेका थिए । मुम्बई उच्च अदालतले कारबाही अर्को आदेश नभएसम्मका लागि रोक्न आदेश दिएको थियो । सो घटनाबारे अर्को सुनुवाई बिहीबार ३ बजे हुनेछ ।

एयरपोर्ट पर कंगना की सुरक्षा में मुंबई पुलिस के फील्ड मार्शल, सीआईएसएफ और मुंबई पुलिस के 24 से ज्यादा जवान तैनात किए गए।