आज:  | Fri, 27, Nov, 2020

बीरगन्जमा सांसद र नगरप्रमुखबारे सामाजिक सञ्जालमा गाली गर्ने पक्राउ

बिरगंज सिटी २४ भाद्र २०७७, बुधबार १९:०१मा प्रकाशित (२ महिना अघि) २६४७ पाठक संख्या

बीरगन्ज, २४ भदाै । सामाजिक सञ्जालकाे फेसबुकमा सांसद तथा मेयरका बारे अपशब्द प्रयाेग गर्ने एक जना युवक बीरगन्जबाट पक्राउ परेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको बारेमा अश्लिल शब्द प्रयोग गरेर फेसबुकमा पोष्ट लेखेको आरोपमा पर्सा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी असलम अन्सारी रहेका छन् । उनले फेसबुममा फेक आईडी बनाएर सांसद् यादव र नगरप्रमुख सरावगीको तस्विर राख्दै अश्लिल शब्द प्रयोग गरेर पोष्ट लेखेका थिए ।

अन्सारीले शनिबार आयुष राज नाम गरेको फेसबुक आइडीबाट सांसद् यादव र नगरप्रमुख सरावगीको तस्विर राखेर परिवारका सदस्यका बारेमा आपत्ति जनक पोष्ट लेखेको प्रहरीले जनाएको छ ।

उनले लेखेको पोष्टका बारेमा स्थानीय व्यक्तिहरुले प्रहरीलाई गुनासो गरेपछि प्रहरीले अन्सारीलाई मंगलबार छपकैयासहित उनको घरबाट पक्राउ गरिएको थियो ।

प्रहरीले अन्सारी विरुद्ध अभद्र व्यहारको मुद्दा दर्ता गरेर म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयक प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनले घट्ना बारे थप अनुसन्धान भइरहेको बताए ।

अन्सारी नगरप्रमुख सरावगीको निर्वाचन क्याम्पेनिङमा समेत आबद्ध थिए । उनलाई केहि समय अगाडी नगरप्रमुख सरावगीले महानगरपालिका कार्यालयमा सहयोगीका रुपमा नियुक्ति समेत दिएको स्रोतले जानकारी दिएको छ ।