आज:  | Fri, 27, Nov, 2020

परिक्षणकाे दायरा घटाएर ग्रिन जाेन बनाइदैछ : सांसद यादव

बिरगंज सिटी २६ भाद्र २०७७, शुक्रबार १३:५९मा प्रकाशित (२ महिना अघि) १२२६५ पाठक संख्या

बीरगन्ज, २६ भदाै । पर्सा क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले पर्सा जिल्लालाई जबरदस्ती ग्रिन जोन बनाउन लागिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

कोरोना परिक्षणको दयारा घट्न थालेपछि संक्रमित थपिने क्रमपनि घटेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराउँदै आएको तथ्यांक अनुसार पर्सामा गरिने कोरोना परिक्षणको दायार घटेको छ ।

पिसिआर परिक्षणको दायरा घटाएर पर्सालाई ग्रिन जोन बनाउन नहुने उनको भनाई छ । भारतसँग सिमा जोडिएको पर्सा जिल्लाका विभिन्न चोरनाका हुँदै सर्वसाधारणको प्रवेश अझै सम्भव रहेका कारण समुदायमा संक्रमण अझै व्याप्त रहेको उनले भने ।

बीरगन्ज महानगरपालिकाले सुरु गरेको एक घर एक पिसिआर परिक्षण अभियान पनि लथालिंग पारी पिसिआर परिक्षणको दायरा घटाउनु दुखःद भएको सांसद यादवले बताएका छन् ।

सांसद यादवले पछिल्लो समय प्रशासनले कुल स्वाब परिक्षणको संख्या देखाउन छोडेका कारण पनि परिक्षण दायरा साँधुरिएको प्रष्ट भएको बताए ।

समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा महानगर तथा स्थानिय प्रशासन बेलैमा जिम्मेवार नबन्ने हो भने अवस्था थप भयावह हुन सक्ने सांसद यादवको भनाई छ । बीरगन्जसँग सिमा जोडिएका भारतका सबै नाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन उनले प्रशासनलाई आग्रह गरेका छन् ।

  • Nepalpostdaily