आज:  | Thu, 26, Nov, 2020

नेकपाभित्र विवादको मूल चुरो ः दोषी प्रचण्ड होइनन्, ओली हुन् ।

बिरगंज सिटी १८ कार्तिक २०७७, मंगलवार १३:२३मा प्रकाशित (३ हफ्ता अघि) १३०३ पाठक संख्या

वीरगंज १८ कात्तिक

नेकपाभित्र विवादको मूल चुरो । दोषी प्रचण्ड होइनन्, ओली हुन् । २७ कारण यस्ता छन् ।

१. ओलीको दम्भ, अराजकता र भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति ।

२. पार्टीलाई विधि विधानमा हैन मनखुसी चलाउँदै गुटको राजनीति हाबी गराउन खोज्नु। अरु कसैको अस्तित्व स्वीकार नगर्नु, मनोगत तरिकाले चल्नु ।

३. पर्सामा आफ्नै पार्टीको जिल्ला सदस्यलाई योजनावद्ध हत्या गर्नु र अपराधी संरक्षणमा आफै लाग्नु ।

४. मन्त्रीमण्डल गठन पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको सवाल हो। तर परिणाम दिन नसकेका मन्त्रीहरुलाई पार्टीको सचिवालय स्थायी कमिटीको निर्णयअनुसार बदलौं भन्दा नमान्नु।

५. दुई तिहाईको सरकारले उचित रुपमा जनपक्षीय काम गर्न नसकेको अवस्थामा समेत आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई प्रचण्डले आफैले तपाईं नै ५ बर्ष चलाउनुस् भनेर त्याग गर्दा पनि उल्टै यो जनमत मैले पाएको हो, पार्टीले होइन भन्दै व्यक्तिवादी बन्दै जानु।

६. कार्यकारी अध्यक्ष प्रचण्ड हुने पार्टीको निर्णयको खिलाप जानु, वक्तव्यबाजी गर्नु, मूल नेतृत्वविरुद्ध आफ्ना गुटका नेताहरुलाई सार्वजनिक रुपमा नेतृत्वको अपमान गर्न परिचालन गर्नु।

७. कुनै पनि राजनीतिक नियुक्ति र जिम्मेवारी दिँदा पार्टी निर्णय गर्ने परमपरा एवं निर्णय नमानी महत्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गर्नु।

८. यो वा त्यो रूपमा राष्ट्रघाती एमसीसी परियोजना लागू गराउन पार्टी निर्णयविरुद्ध बजेट बिनियोजन गरी कार्यान्वयनमा लाग्नु।

९. कर्णाली प्रदेशको मुख्यमन्त्री हटाऊन आफ्नो विश्वासपात्र प्रयोग गर्नु र असफल हुने संकेत देखेपछि प्रदेश सरकारलाई संघको अनावश्यक हस्तक्षेप बढाउन खोज्नु।

१०. प्रचलित कुटनीतिक मूल्य मान्यता बिपरित प्रधानमन्त्रीको हैसियतमा भारतीय गुप्तचर संस्थासँग झुक्नु। रअसँग अनावश्यक भेट्नु, नेपालको अपमान गर्ने भारतीय सेनापतिको भ्रमण विशेष बनाउन निर्देशन दिनु।

११. नेपालको नयाँ नक्सा प्रकाशितपछि भूमि फिर्ता नगर्नु। नयाँ नक्शा नै प्रयोग नगरेर भारतसँग लम्पसार पर्नु।

१२. पार्टीमा गलत कार्यशैलीका कारण कमजोर बन्दै गएपछि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउने गम्भीर गल्ती गर्नु।

१३. मन्त्रीपरिषद बैठकबाट नेपालको औपचारिक नाम “संघीय गणतन्त्र नेपाल“ बदलेर नेपाल मात्र हुनेछ राखी सबै तहमा सर्कुलर गर्दै संघीय संरचना र संघीयतालाई अस्वीकार गर्नु।

१४. पार्टी एकताको मर्म भावना एवं आवश्यकतालाई बेवास्ता गरी एकताको काममा कुनै चासो नगर्नुका साथै पार्टी जीवन भद्रगोल बनाउन भूमिका खेल्दै जनताका मागहरु, मुलुक समृद्धिको आवश्यकता र चुनावी घोषणापत्रलाई बेवास्ता गरी मनपरि कार्य गर्नु।

१५. जनसंगठनहरुमा आफ्नो गुटका जुनियरहरुलाई नेतृत्वदायी भूमिका दिने र एकतामा अपरोध गराई गतिहीन बनाउनु।

१६. भ्रष्टाचारमा कीर्तिमान कायम गर्नु। देशका सम्पूर्ण स्रोत साधन यति र ओम्नी समूहलाई सुम्पिनु।

१७. राष्ट्रघाती एमसीसी सम्झौता गरेर देशलाई अमेरिकी सैन्य छातामुनि राख्न खोज्नु।

१८. विकासका काममा कुनै ध्यान नदिनु, राज्यका सबै अंगमा भ्रष्टाचारका लागि आफ्नो जालो बिस्तार गर्नु।

१९. पार्टी निर्णय र प्रणालीको पटकपटक उल्लंघन गर्नु। अन्तरपार्टी निर्देशनलाई रद्दीको टोकरीमा मिल्काउनु।

२०. समाजवादको तयारी गर्ने विषयलाई ठट्टाको विषय बनाउनु, दलाल नोकरशाही वर्गको लाहाछाप बन्नु।

२१. कोभिड(१९ को महामारी नियन्त्रणमा कुनै पहल नगर्नु। बरु, कोभिड नियन्त्रणका लागि छुट्टाइएको बजेटमा ठूलो भ्रष्टाचार गर्नु।

२२. राज्यका संयन्त्रका सक्षम र इमान्दारलाई छानीछानी निकाल्नु, भ्रष्ट र असक्षमहरुलाई छानीछानी नियुक्त गर्नु।

२३. लोकतन्त्र नै समाप्त गर्न पटकपटक प्रयास गर्नु। कुर्सी भाँच्छु भन्दै लोकतान्त्रिक प्रणाली समाप्त पार्ने धम्की दिनु।

२४. आफ्ना भ्रष्टहरु जोगाउन सम्पूर्ण रुपले लाग्नु। संवैधानिक अंगहरुलाई गुटको अधिनस्थ राख्नु।

२५. पार्टीका समकक्षी नेताहरु समाप्त गर्न विभिन्न हत्कण्डा अपनाउनु र जालझेलको खेल खेल्नु।

२६. पार्टीभित्रका इमान्दार कार्यकर्तालाई जिम्मेवारीबिहीन बनाउनु, पार्टीलाई अराजकहरुको भीडतन्त्रमा बदल्न प्रयास गर्नु।

२७. कम्युनिस्टको नाममा नेपालको कम्युनिस्ट आन्दोलन समाप्त पार्न सक्रिय हुनु। कम्युनिस्ट आन्दोलनलाई चरम बदनाम गर्नु।

यी केही उदाहरण मात्र हुन्, यस्ता सयौं उदाहरण छन्, बाँकी तथ्य तपाईं आफै विश्लषण गर्न सक्नुपर्छ।