आज:  | Thu, 26, Nov, 2020

सुरक्षित पठन पाठनको लागी सांसद यादवद्धारा सामुदायिक बिधालयहरूमा मास्क तथा सेनिटाईजर वितरण

बिरगंज सिटी १९ कार्तिक २०७७, बुधबार १७:०३मा प्रकाशित (३ हफ्ता अघि) ३२१४ पाठक संख्या

 

वीरगंज ,१९ कात्तिक

पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले सुरक्षित पठन पाठनको लागी वीरगञ्जका सामुदायिक विद्यालयहरुमा मास्क र सेनिटाईजर वितरण गरेका छन् ।

कोरोनाको जोखिमको बेला संचालन हुन लागेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको सुरक्षार्थ सांसद यादवले बुधबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विद्यालयहरुमा मास्क तथा सेनिटाइजन वितरण गररेका छन् ।

 

मास्क वितरण कार्यक्रममा पहिलो चरण अन्तर्गत माईस्थान विद्यापिठ मा.वि, श्री सुन्दरमल राम कुमार कन्या मा.वि , त्रिजुद्ध उच्च मा.वि., श्री ने.रा.उच्च मा.वि.श्रीपुर तथा त्रिभुवन हनुमान मा.वि.मा प्रत्येक विद्यार्थीहरुलाई पुग्ने गरि ४ हजार मास्क तथा सेनिटाइजन वितरण गरीएको सांसद यादवले बताए ।

 

कारोना भाइरसको जोखिम बालबालीकामा बढि रहेकाले संकमणबाट बालबालिकालाइ जोगाउने उद्देश्यका साथ विद्यालय संचालन हुनु अगावै मास्क तथा सेनिटाईजर प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराइएको सासंद यादवले बताए ।

 

मास्क वितरणको क्रममा सांसद यादवले स्थलगत अनुगमन गर्दैै स्कुल का प्राधानाध्यापक तथा व्यवस्थापन समिति बाट आएको सुझाव र समस्याहरू क्रमबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता जाहेर गरे ।

 

‘पर्सामा आंशिक रुपमा विधालयहरु संचालनमा आउने भएकाले विद्यालयमा अध्ययनरत बालबालिकाको विशेष सुरक्षाको ध्यान दिन जरुरी छ , ‘उनले भने‘ यस्तो कठिन परिस्थिमा बालबालिकाको शिक्षा तथा स्वास्थ्यको ख्याल गर्दै विद्यालयको अनुगमन गर्दै स्वास्थ्य सामाग्री चरणवद्ध रुपमा वितरण गर्दैछु ।’

 

विद्यार्थीलाई संक्रमणबाट बचाउन शिक्षक तथा अभिभावकहरुको अहम् भुमिका हुने भएकाले यस तर्फ विद्यालय तथा परिवारजनले खास ध्यान दिनुपर्ने अवस्था रहेको व्यवस्थापन समितिका सदस्यहरुका साथ छलफलको क्रममा , ‘उनले भने ।’

 

दोस्रो चरण अन्तगंत बाकी रहेका बिद्यालयहरूमा बिहिबार मास्क तथा सेनिटाइजर बितरण गरिने कार्यक्रम रहेंको छ ।