आज:  | Thu, 26, Nov, 2020

सांसद यादवले सामुदायिक बिधालयहरूमा दोस्रो दिन पनि वितरण गरे मास्क तथा सेनिटाईजर

बिरगंज सिटी २० कार्तिक २०७७, बिहीबार १५:१४मा प्रकाशित (३ हफ्ता अघि) ४२०१ पाठक संख्या

 

वीरगंज २० कात्तिक

पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले दोस्रो दिन पनि वीरगञ्जका सामुदायिक बिधालयहरूमा मास्क तथा सेनिटाईजर वितरण गरेका छन् ।

मास्क तथा सेनिटाइजर वितरण कार्यक्रम अन्तर्गत सांसद यादवले वीरगञ्जको नरसिंह मा.वि. तथा सिद्धार्थ मा.वि पिपरामा बिहिबार २ हजार पिस मास्क तथा सेनिटाइजर वितरण गरेका छन् ।

 

यसका साथै उनले कोरोनाको संक्रमणकालमा सुरक्षित पठन पाठनका विद्यालयमा भइरहेको पुर्व तयारीको बारेमा स्थलगत अनुगमन गरी दुवै विद्यालयको अवस्थाको बारेमा शिक्षक शिक्षिका, प्रधानाध्यापकको साथमा जानकारी लिएका थिए ।

 

कोरोनाको जोखिमको बेला संचालन हुन लागेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको सुरक्षार्थ सांसद यादवले बुधबार पनि आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका विद्यालयहरुमा मास्क तथा सेनिटाइजन वितरण गररेका थिए । पहिलो चरण अन्तर्गत सांसद यादवले माईस्थान विद्यापिठ मा.वि, श्री सुन्दरमल राम कुमार कन्या मा.वि , त्रिजुद्ध उच्च मा.वि., श्री ने.रा.उच्च मा.वि.श्रीपुर तथा त्रिभुवन हनुमान मा.वि.मा प्रत्येक विद्यार्थीहरुलाई पुग्ने गरि ४ हजार मास्क तथा सेनिटाइजन वितरण गरेका थिए ।

 

कारोना भाइरसको जोखिम बालबालीकामा बढि रहेकाले संकमणबाट बालबालिकालाइ जोगाउने उद्देश्यका साथ विद्यालय संचालन हुनु अगावै मास्क तथा सेनिटाईजर उपलब्ध गराइएको सासंद यादवले बताए ।