आज:  | Thu, 26, Nov, 2020

तपाईको सांसद तपाईकै गाँउः घर घरमा पुगी जनताको समस्या बुझ्दै प्रदीय यादव

बिरगंज सिटी २० कार्तिक २०७७, बिहीबार २०:३२मा प्रकाशित (२ हफ्ता अघि) ४८१० पाठक संख्या

कार्तिक २० बीरगञ्ज । बीरगञ्जको भारतीय सीमानामा देशकै सबै भन्दा ठूलो नक्सा ठड्याउने काम होस् या हरेक जनताका समस्याका बारेमा सिंहदरबार होस् या जनताको झुपडी पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवको दौडधुप रफ्तारले चल्छ ।

उनी शुरुमा कोरोना फैलदै गर्दा सीमाको भारतीय क्षेत्रमा अलपत्र परेका नेपाली भेटेर फर्किए पछि होम क्वारेन्टाईनमा बस्न प्रशासनले भन्यो ।
उनी बसे पनि । तर कोरोना महामारी बिरुद्ध स्वास्थ्य सेवा र व्यवस्थापन सहज बनाउन , नारायणी अस्पताललाई जनरल अस्पतालको रुपमा उपचार सेवा सुचारु गराउन पटक पटक दौडधुप गरे ।

पछि आफै कोरोना संक्रमित भएर निको भए पछि पनि अहिले यादव आफू निर्वाचित भएको विभिन्न क्षेत्रमा पुगिरहेका छन् ।
हिजोदेखि बीरगञ्जका सामुदायीक विद्यालयहरुमा मास्क र सेनिटाईजर बाँड्न शुरु गरेका सांसद यादव आज पनि निर्वाचन क्षेत्र भित्रका ठाँउहरुमा विकास निर्माण, निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गतका कामहरुको अनुगमन र निरीक्षण एवं छलफलमा सक्रिय भएका छन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित भए देखि नै आफूले निरन्तर क्षेत्रका जनताको, राष्ट्रको पक्षमा खटिरहेको यादव बताउछन् । उनको सहयोग, दौडधुप र जनताको समस्या समाधान गर्न लागि पर्ने सक्रियतालाई मतदाता र स्थानीयले सरहाना गर्ने गरेका छन् ।