आज:  | Thu, 22, Apr, 2021

देशभर २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

बिरगंज सिटी २६ मंसिर २०७७, शुक्रबार २०:०९मा प्रकाशित (४ महिना अघि) ४२०१ पाठक संख्या

काठमाडौँ,मंसिर २६

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । शुक्रबार २४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षण भएकाे थियाे।

 

नयाँ थपिएकामा ४ सय ११ महिला र ६ सय ३३ पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

हालसम्म १८ लाख २० हजार ८ सय १८ पीसीआर परीक्षण भएका मन्त्रालयले जनाएको छ । यस्तै ५ सय १९ जना क्वारेन्टाइनमा छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् ।

 

हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको छ । योसँगै नेसक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।