आज:  | Tue, 27, Jul, 2021

रिपब्लिक टिभीका सिइओ विकास खनचंदानीलाई गिरफ्तार

बिरगंज सिटी २८ मंसिर २०७७, आईतवार २०:१८मा प्रकाशित (७ महिना अघि) ६५५३ पाठक संख्या

एजेन्सी ,मंसिर २८

aमुम्बई पुलिसले आइतबार रिपब्लिक टिभीका सिइओ विकास खनचंदानीलाई गिरफ्तार गरेको छ । सिइओ खनचंदानी टिआरपी प्रकरणमा जोडिएपछि पक्राउ गरिएको हो । मुम्बईका प्रहरीको आयुक्त मिलिंद भारम्भेले खनचंदानीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । खनचंदानीलाई आज अदालतमा पेश गरिएको छ । उनीमाथि यही प्रकरणमा दुईपटक सोधपुछ भएको थियो ।

त्यहाँको अपराध शाखाको एक अनुसन्धानबाट केबल अप्रेटरहरुले दुई एलसिएन अर्थात ल्यान्डिङ च्यानल नम्बरको प्रविधि प्रयोग गरिरहेको कुरा पत्ता लगाएको छ । यो प्रविधिबाट उही च्यानल दुईवटा च्यानल नम्बरहरुमा देख्न सकिन्छ । रिपब्लिक टिभीले खानचंदानीको गिरफ्तारीको आलोचना गरेको छ ।