आज:  | Thu, 22, Apr, 2021

अल्पायुुमै बितेका १० बलिउड सेलिब्रेटी : कसैले आत्महत्याको बाटो रोजे, कोही छतबाट खसे

बिरगंज सिटी २८ मंसिर २०७७, आईतवार २०:२५मा प्रकाशित (४ महिना अघि) ५९८६ पाठक संख्या

काठमाडौं,मंसिर २८

बलिउड उद्योगमा जति धेरै चमकधमक देखिन्छ, त्यति नै रहस्य यसभित्र छ । भर्खरै मात्र द डर्टी पिक्चर, लभ सेक्स र धोक जस्ता फिल्ममा काम गरिसकेकी अभिनेत्री आर्या बेनर्जीको निधन भयो । कोलकातास्थित उनको घरमा शव भेटिएको थियो । बेनर्जीले आत्महत्या गरिन् वा उनको हत्या भयो भन्ने विषय बाहिरिइसकेको छैन । यस्ता धेरै कलाकार छन्, जो सानो उमेरमै यो संसार छाडेर गए । कतिपयको मृत्यु अझै रहस्यमै छ ।

सुुशान्तसिंह राजपूत 


केदारनाथ, छिछोरे, ड्राइभ लगायत धेरै फिल्ममा शान्दार अभिनय गरेका सुशान्त ३४ वर्षको उमेरमा संसार छाडेर गए । १४ जुनमा बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा डोरीमा झुन्डिएर उनले आत्महत्या गरेका थिए । सुशान्तको मृत्युपछि भारतमा बलिउडविरुद्ध ठूलै प्रदर्शनबाजी भयो । विशेषगरी, बलिउडमा नातावाद हाबी भएकाले नयाँ कलाकारले क्षमताअनुसारको काम पाउन नसकेको विरोधीहरुको तर्क थियो । आफ्नो क्षमताअनुसार काम देखाउन नपाएपछि डिप्रेसनमा परेर सुशान्तले आत्महत्या गरेको उनीहरुको आरोप थियो । छानविनका क्रममा सुशान्तले ड्रग्स लिने गरेको खुलासा भयो । यसपछि नारकोटिक्स कन्ट्रोल ब्युुरोले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित अन्य ठूला सेलिब्रेटीलाई ड्रग्स सेवनको आरोपमा हिरासतमा लियो ।

जिया खान 


गजनी, निशब्द र हाउसफुलजस्ता फिल्ममा काम गरिसकेकी जिया खानले ३ जुन २०१३ मा जुहुस्थित आफ्नो घरमा आत्महत्या गरेकी थिइन् । उनको घरमा केही सुुसाइड नोट पनि भेटिएको थियो । जहाँ, प्रेमी आदित्य पन्चोलीले धोका दिएको उल्लेख थियो । सुुसाइड नोटमा लापरवाहीपूर्वक गर्भपतन गराएको विषय पनि लेखिएको थियो ।

दिव्या भारती 


९० को दशककी सर्वाधिक चर्चित अभिनेत्रीहरुमध्ये एक दिव्या भारतीले १९ वर्षको उमेरमै संसार छाडेकी थिइन् । आफ्नो घरको छतबाट खसेर उनको मृत्यु भएको थियो । केही व्यक्तिहरुका अनुसार उनी नशामा चुर थिइन् र बार्दलीबाट चिप्लिएर लडेक थिइन् । केही व्यक्तिले यसलाई हत्या भनेका थिए । दिव्या भारतीको मृत्युलाई अझै पनि धेरै मानिसहरु रहस्यमय नै मान्छन् ।

प्रत्युुष बेनर्जी 


बालिका बधुमा आनन्दीको भूमिका निभाउने प्रत्युुषा बेनजीले आफ्नो घरमै डोरीमा झुुन्डिएर आत्महत्या गरिन् । उनी त्यतिबेला केवल २५ वर्षकी थिइन् । उनी अभिनेता राहुल राज सिंहसँग प्रेम सम्बन्धमा थिइन् र आत्महत्या गर्नभन्दा केहीअघि उनले राहुललाई मार्ने धम्की पनि दिएकी थिइन् ।

मधुुबाला 


मुुगल ए आजम र कमलजस्ता चर्चित फिल्ममा काम गरेर प्रसिद्धी हासिल गरेकी मधुुबाला निकै कम उमेरमै यस दुुनियाँबाट बिदा भइन् । ३६ वर्षको उमेरमै मुटुु सम्बन्धी रोगबाट उनको निधन भएको थियो । मधुुबालाले १९४२ मा प्रदर्शनमा आएको फिल्म ‘वसन्त’ मार्फत बालकलाकारका रुपमा अभिनय सुरु गरेकी थिइन् ।

स्मिता पाटिल 


८० को दशकमा स्मिता पाटिल निकै चर्चित अभिनेत्रीहरुमध्ये एक थिइन् । यस समय उनले हलाल र अर्थ जस्ता चर्चित फिुल्ममा अभिनय गरिन् । तर, सफलता लामो समय चलेन । १९८६ मा उनी ३१ वर्षको उमेरमै संसारबाट बिदा भइन् । आफ्नो पहिलो बच्चा प्रतिक बब्बर जन्मिएपछि यी अभिनेत्री केही बिरामी देखिएकी थिइन्, त्यसको दुुई हप्तापछि नै उनको निधन भयो ।

मीना कुमारी 


ट्रेजिडी क्विन नामले प्रसिद्ध मीना कुमारी पनि छोटो समयमै संसारबाट बिदा भइन् । १९७२ मा ३८ वर्षको उमेरमै उनको निधन भयो । उनको फिल्म पाकिजा त्यस समयको ब्लकबस्टर  फिल्म थियो, तर यो रिलिज भएको केवल ३ हप्तामै उपचारका क्रममा मीनाकुमारीको निधन भयो । उनी अत्याधिक रक्सी सेवन गर्थिन्, जसकारण उनलाई लिवर सिरोसिस भएको थियो ।

तरुणी सचदेव 


रसना गर्ल नामले चिनिएकै तरुणी सचदेवले केवल १४ वर्षको उमेरमै सांसर छाडिन् । उनले बाल कलाकारका रुपमा प्रसिद्धी पाएकी थिइन् । २००९ मा प्रदर्शित अमिताभ बच्चन अभिनित ‘पा’ फिल्मले उनलाई चर्चामा ल्याएको थियो । सन् २०१४ मा आफ्नो १४ औं जन्मदिन मनाउन नेपालको जोमसोम आएकी सचदेवको भ्रमणका क्रममा अग्नी एयरको फ्लाइट दुर्घटना हुँदा निधन भयो ।

इन्दर कुमार 


वान्टेड र तुमको भूल ना पाएगा जस्ता हिट फिल्ममा काम गरिसकेका इन्दर कुमारको निधन हृदयघातका कारण भएको थियो । २८ जुलाई २०१७ मा उनको निधन भयो । यतिबेला उनको उमेर केवल ४४ वर्ष थियो । इन्दरकी पत्नीका अनुसार आफ्ना अन्तिम दिनहरुमा उनी आर्थिक समस्याले ग्रस्त थिए ।

मनमीत ग्रेवाल


टेलिभिजन उद्योगका चर्चित अनुहार मनमीत ग्रेवालले १५ मेइमा आफ्नो घरमै फासी लगाएर आत्महत्या गरे । आर्थिक समस्याले हैरान भएर उनले यस्तो गलत निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टस् अनुसार लकडाउनका दौरान सुटिङ बन्द थियो र उनीसँग कुनै काम थिएन ।