आज:  | Tue, 27, Jul, 2021

सांसद् यादवको पहलमा महानगरको ग्रामिण भेगलाई हाइवेसँग जोड्ने सडक निर्माण

बिरगंज सिटी ७ पुष २०७७, मंगलवार २०:५४मा प्रकाशित (७ महिना अघि) ७८९७ पाठक संख्या

वीरगञ्ज ७ पुष ।

 

वीरगञ्ज महानगरपालिकाको ग्रामिण भेगलाई वीरगञ्ज(पथलैया हाइवेसँग जोड्ने कच्ची सडक अन्ततस् निर्माण भएको छ ।

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको पहलमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा पर्ने १२ सय मिटर लामो सडक निर्माण भएको हो ।

तत्कालिन संघ सरकारका शहरी विकासमन्त्री ईस्तियाक राईसँग प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पहल गरेर ल्याएको ४ करोड बजेटमा उक्त सडकमा वर्षाको पानि निकासका लागि नाला निर्माणसँगै ढलान गरिएको छ ।

ढलान सडक र नालाको एक कार्यक्रम बीच जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद् यादवले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद् यादवले सडक निर्माणसँगै वीरगञ्ज महानगरपालिकाको ग्रामिण भेगका जनतालाई बजारसम्मको पहुँच सरल भएको बताए । उनले सडकले समृद्धि ल्याउँने बताउँदै आफ्नो प्रमुख अजेण्डमा सडकलगायत आवश्यक भौतिक पूर्वाधार विकास रहेको बताए साथै बिरगंज महानगरपालिका भित्र सब भन्दा ठुलो अध्योगिक कोरिडोर को बाटो निर्माणले दैनिक मजदुर र उद्योगपति र स्थानीय सबैले लाभ उठाउने र सबैको साझा सहयोगले नै बिकाश सम्भव रहेको बताए ्र

सांसद् यादवले विगतका दिनहरुमा पर्सा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले विकासमा कन्जुस्याई गरेको आरोप लगाउँदै अब त्यस्तो कहिलै नहुने आश्वासन दिएका थिए ।

यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिस्ट उद्योगपति जगदम्बा सिमेन्ट का निर्देशक राजेश अग्रवाल , त्रिवेणी ग्रोउप का प्रबन्ध निर्देशक दिनेश खनडेल्वाल जनता सामाजवादी पार्टी का जिल्ला उपाध्यक्ष बासुदेव यादव ,नगर अध्यक्ष इश्वर यादव , स्थानीय नेता रमशिस कुमार युवा नेता कुन्दन कुर्मी , लगायत सय्कदो स्थानीय , मजदुर को सहभागिता रहेको थियो ।