आज:  | Tue, 27, Jul, 2021

चुनाव घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने : डा बाबुराम भट्टराई

बिरगंज सिटी १२ पुष २०७७, आईतवार १९:५०मा प्रकाशित (७ महिना अघि) ७५१९ पाठक संख्या

काठमाडौ, पुष १२

जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले चुनवा घोषणा गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने बताउनुभएको छ ।

 

काठमाडौँको शान्तिबाटिकामा भएको कोण सभामा बोल्दै डा भट्टराईले इतिहास दोहोरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान विपरित संसद विघटन गरेको आरोप लगाउनुभयो । उहाले ओलीले चुनावको घोषणा गरेर सडकबाट टिपेर मन्त्री बनाएको भन्दै उनमा कति दम्भ छ भन्ने प्रमाणित भएको तर्क गर्नुभयो ।

 

प्रधानमन्त्री र राष्ट्रपति प्रतिगमनमा गएको भनेर तुरुन्तै विरोध गरेको बताउदै यो असंबैधानिक र अलोकतान्त्रिक भएको उहाले बताउनुभयो । भट्टराइले ओलीले कम गर्न नसक्ने अनि काम गर्न दिएनन् भनेर भनेको भन्दै सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको बताए । डा। भट्टराईले यस कदमको ससक्त विरोध गर्नुपर्ने बताउनुभयो । यस्तै जनता समाजवादीका नेता राजेन्द्र महतोले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई प्रतिगमन भएको भन्दै आलोचना गनुृभयो ।

 

सातवटा संविधान बनाइए पनि प्रतिगमन भएको उहाको भनाइृ छ । जसपाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्ण रुपमा खारेज गरेको छ ।