बारागढी गाउँपालिका वडा नम्बर १ ले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
पुर्व मुख्यमन्त्री सरोज यादवको प्रमुखअतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै पूर्व मुख्यमन्त्री सरोज यादवले होली हिन्दू धर्म संस्कृतिको महत्वपूर्ण पर्व भएकाले यसलाई सभ्य, भव्य र सौहार्दपूर्ण रूपमा मनाउन सबैलाई आग्रह गरे । समुदायमा एकता र भाइचारा मजबुत बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक रामनाथ दास, शिक्षक राम विश्वास साह, वडा सदस्य भगवान चाैधरी, व्यवसायी दिनानाथ साह, विजय साह, रामलाल साह, अहेब अनिल यादव, लगायत स्थानीय नेता अशोक साह, समाजसेवी, नरेश पासवान, व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा नम्बर १ का वडा अध्यक्ष सुरेश चौधरीको अध्यक्षतामा समपन्न भएकाे थियाे ।