वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पस र चिकित्साशास्त्र अध्ययन संस्थान (वीरगंज नर्सिङ क्याम्पस) मा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १७ दल तथा समूहले उम्मेदवारी दर्ता गराएको छ ।
ठाकुर राम क्याम्पसमा १४ समूहको उम्मेदवारी दर्ता
ठाकुर राम क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठन, संयुक्त प्यानल तथा समूह गरी ३४ वटा दल दर्ता भए पनि १४ समूह मात्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत दिलीप सिंह का अनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत १४ वटा सङ्गठन तथा समूहले उम्मेदवारी दिएका छन् ।
सभापति पदका लागि दर्ता गराएका उम्मेदवारहरू:
- हरिकिशोर यादव – समाजवादी विद्यार्थी युनियन
- सगीर अली – समाजवादी विद्यार्थी युनियन नेपाल
- राजु गुप्ता – जय नेपाल विद्यार्थी सङ्घ
- दिलीपराज महतो – स्वतन्त्र विद्यार्थी युनियन
- राजकुमार यादव – नेपाल विद्यार्थी समूह
- पवन यादव – अनेरास्ववियु
- श्याम गुप्ता – स्वतन्त्र युवा समूह
- धर्मेन्द्र साह कानू – नेपाल विद्यार्थी कल्याण समूह
- विकास मण्डल धानुक – नेपाल विद्यार्थी सङ्घ
- सुधांशु चौरसिया – राष्ट्रिय विद्यार्थी सङ्घ
- अनिल पटेल – अखिल क्रान्तिकारी
- सिकेन्द्र यादव – पिस फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियन
- कमलेश यादव – सुधीर पटेल समूह
- दिनेश साह – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन
यस क्याम्पसमा १० हजार ८०५ मतदाता रहेका छन्।
वीरगंज नर्सिङ क्याम्पसमा तीन समूहको उम्मेदवारी दर्ता
वीरगंज नर्सिङ क्याम्पसमा चार वटा समूह दल दर्ता भए पनि तीन समूहले मात्र उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदका लागि उम्मेदवारहरू:
- कविता आचार्य – अखिल क्रान्तिकारी
- दियांशु श्रेष्ठ – नेपाल विद्यार्थी सङ्घ
- आरजु राय – अनेरास्ववियु
निर्वाचन अधिकृत अञ्जुकुमारी महतो का अनुसार उम्मेदवारहरूले प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट नाम दर्ता गराएका छन् । यस क्याम्पसमा २७५ जना मतदाता रहेका छन् । उम्मेदवारी दर्ता सकिएसँगै उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । विद्यार्थीको समस्यासँग सम्बन्धित विविध एजेन्डा अघि सार्दै समर्थन जुटाउन प्रयास गरिरहेका छन् ।
ठाकुर राम बहुमुखी क्याम्पस र वीरगंज नर्सिङ क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुनेछ । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरिएको निर्वाचन अधिकृतहरूले बताएका छन् ।
स्ववियु निर्वाचन विद्यार्थीको शैक्षिक हक, अधिकार, व्यवस्थापन सुधार तथा क्याम्पसको नीतिगत निर्णयमा प्रभाव पार्ने महत्वपूर्ण अवसर हाे ।