जब सूर्यको पहिलो किरण जलाशयको शान्त जलमा प्रतिबिम्बित हुन्छन्, लाखौं भक्तजनहरू आस्था र श्रद्धाले नतमस्तक हुन्छन् ।
छठ पर्व, जहाँ भक्ति, शुद्धता, र प्रकृतिप्रतिको सम्मानको अनुपम संगम देख्न सकिन्छ ।
नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्व, भक्तिभाव, नियम र शुद्धताको अनुपम संगम हो । यो पर्व वर्षमा दुई पटक मनाइन्छ – कार्तिक महिनाको ठुलो छठ पर्व र चैत महिनाको चैती छठ ।
कात्तिक छठ मुख्य पर्व मानिन्छ, जुन दीपावलीपछि मनाइन्छ । यो झन् भव्य र लामो तयारीसहित मनाइन्छ । भने अहिले चैते छठ मनाइदैछ । छठ मुख्यत सूर्यदेव र छठी माताको उपासना गर्ने पर्व हो । यो पर्व विशेष गरी सन्तान सुख, स्वास्थ्य, र समृद्धिको कामनाका लागि मनाइन्छ ।
छठी माताको आर्शिवादले भक्तजनहरूको मनोकामना पूरा हुने जनविश्वास सदियौदेखि कायम रहेको छ । त्यसै कारण यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । नेपालको तराई क्षेत्रबाट सुरुभएको छठ अहिले पहाडको कुना कप्चामा समेत मनाइन थालिएको छ ।
यस पर्वको इतिहास निकै प्राचीन छ । वैदिक कालदेखि नै सूर्य उपासनाको विशेष महत्त्व रहेको पाइन्छ । हिन्दू धर्मग्रन्थहरूका अनुसार, भगवान श्रीराम र माता सीताले अयोध्यामा छठ पूजा गरेका थिए। त्यस्तै, महाभारतमा पनि द्रौपदीले यो पर्व मनाएको उल्लेख भएको पाइन्छ । छठ पर्व विशेष गरी सूर्य देवता र छठी मइयाको आराधना का लागि मनाइन्छ ।
सूर्यलाई स्वास्थ्य, उर्जा र जीवनदायी शक्ति मानिन्छ । ब्रतालुले ब्रतालुले पर्वको पहिलो दिन चोखो निधो भई नहाय खाय विधि गर्छन । यस दिन भक्तजनहरू शुद्ध भई सात्त्विक भोजन ग्रहण गर्छन् । यो दिन शुद्धता र आस्थाको आरम्भिक चरण भन्ने बुझिन्छ ।
यसैगरी दोस्रो दिन खरना मानाइन्छ । भक्तजनहरू दिनभर उपवास बसेर साँझपख खीर, रोटी, र केरा प्रसादको रूपमा ग्रहण गर्छन् । यस दिनको उपवासले मन, वचन, र कर्मलाई शुद्ध गर्ने विश्वास रहि आएको छ । तेस्रो दिन पर्वको महत्वपुर्ण दिन भक्तजनहरू जलाशयको किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । भक्तिभाव, साजसज्जाले छठको सौन्दर्यलाई झनै आकर्षक बनाउछ ।
छठको अन्तिम अर्थात चौथो दिन, बिहान सबेरै उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यसलाई सुख समृद्धिको अर्घ पनि भन्ने गरिन्छ । यो अर्घ्यको समाप्तीपछि व्रतालुहरूको ब्रत समपन्न हुन्छ भने, ब्रतालु ३ दिनको लामो उपवास तोड्छन् । छठ पर्व केवल एक परम्परा मात्र नभएर श्रद्धा, निष्ठा, र प्राकृतिक शक्तिप्रति समर्पणको प्रतिक हो ।
यस पर्वले समाजमा एकता, शुद्धता, र सकारात्मक ऊर्जालाई प्रवर्द्धन गर्दछ । छठ पर्व केवल धार्मिक मात्र नभइ, यसको वैज्ञानिक महत्त्व पनि उतिकै छ । आधुनिक विज्ञानका अनुसार, बिहानको सूर्यको किरणले शरीरलाई प्राकृतिक रूपमा भिटामिन डी प्रदान गर्छ, जसले हड्डी बलियो बनाउँछ । साथै, पानीमा उभिएर सूर्य उपासना गर्दा शरीरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । व्रतको पालना गर्दा शरीर शुद्ध हुन्छ, पाचन तन्त्र सुधारिन्छ, र मानसिक शान्ति प्राप्त हुने गर्दछ । यो पवित्र पर्व आजको समयमा हाम्रो संस्कृति, आस्था, र परम्पराको अभिन्न अंश बनेको छ ।
भने छठ पर्वले समाजमा सामूहिक एकता, स्वच्छता, र निष्ठा को भावना पैदा गर्छ । यस अवसरमा समाजका सबै वर्गका मानिसहरू एकसाथ पूजा गर्न भेला हुन्छन् ।