पर्सा । नेपाल जनता पार्टी (नेजपा) ले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नगर समिति गठन गरेको छ । हिन्दू राष्ट्र स्थापनाको एजेन्डा अघि सार्दै पार्टीले समर्पित कार्यकर्ता र अगुवाहरुको उपस्थितिमा समिति गठन गरेको हो ।
समिति गठन कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्य अधिवक्ता बिनोद कुर्मी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, महामन्त्री नबीन मिश्रा, मन्त्री प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह-कोषाध्यक्ष संतोष कुशवाहा, कार्यसमिति सदस्य मुना साह तेली, अंशु कुमार प्रजापति, विनय सिंह राजपूत लगायतको उपस्थिति रहेको थियो ।
नगर समिति गठनका लागि आयोजित विशेष भेलामा हिन्दू राष्ट्र पक्षधर अगुवा तथा नगर क्षेत्रका हिन्दूवादी नेताहरुको उपस्थिति रहेको थियो । विस्तृत छलफलपछि किसकिन्दा साह कलवारको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरिएको छ ।
नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा केदार पाण्डे, उपाध्यक्ष लक्ष्मण ठाकुर, महामन्त्री रवी साह, मन्त्री धर्मेन्द्र साह र राजेश साह कलवार, कोषाध्यक्ष राजेश साह, सह-कोषाध्यक्ष संतोष यादव रहेका छन् । यस्तै, वरिष्ठ सल्लाहकारमा राजदेव यादव र सल्लाहकारहरुमा चंद्रदेव यादव, बैजनाथ साह, जीउत साह, जयलाल दास बाबा लगायत छन् ।
कार्य समिति सदस्यहरुमा श्याम यादव, कृष्णा साह, जय भगत साह, अमित कुशवाहा, मुकेश साह, पुरूषोत्तम रौनियार, गणेश राम, दीपक शर्मा, बत्तीस साह, पुकार दास, फर्जेल दास, केरू दास, महेश पटेल, जम्मूलाल मण्डल, शिवजी कलवार, रामनारायण साह समेत चयन भएका छन् ।
पार्टीले हिन्दू राष्ट्र स्थापनाका लागि सम्पूर्ण राष्ट्रवादी शक्तिहरूसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।