हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैयाँमा दुई समुदायबीच उत्पन्न झडपका क्रममा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रसहित २५ जना सुरक्षाकर्मी र दुईदर्जन सर्वसाधारण घाइते भएका छन् ।
सर्वसधारणाको सुरक्षाका लागि संयमता अपनाउँदै झडप नियन्त्रण गर्न जुटिरहेका बेला सबैभन्दा बढी प्रहरीहरू घाइते भएका हुन् । दुई समुदायबीचको विवादलाई मध्यनजर गर्दै पर्सा प्रहरीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरि ९ सय ३१ जना सुरक्षाकर्मी परिचालन गरेको थियो ।
शान्ति सुरक्षाको लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका एसपी राधेश्याम धिताल र अनुसन्धान निर्देशक दिलीप सिंह सहितका उच्च अधिकारीहरू आफै फिल्डमा खटेका थिए । वीरगंजको घण्टाङरबाट निकालिएको जुलुस छपकैयाँ क्षेत्र पुग्नेबित्तिकै छतबाट अचानक ढुङ्गामुढा सुरु भएपछि अवस्था तनावपूर्ण बन्न पुगेको थियो ।
भिड नियन्त्रण गर्न नेपाल प्रहरीले ७० राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको थियो भने अवस्था नियन्त्रण भन्दा बाहिर जान नदिन एसएलआरबाट २ राउन्ड ब्ल्याङ्क फायरसमेत गरेको पर्सा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रका अनुसार हामीले पाएको जानकारी अनुसार कोहि हिन्दु व्यक्तीको झण्डा कसैले खोसिदिएपछि विवाद सुरू भएको थियो ।
यस्तै समान्य विवादले छपकैयाँ पुग्दा छतबाट ढुङ्गा हानाहान सुरू भएको थियो अवस्था दुबैतर्फबाट हुन थालेपनी सुरक्षाकर्मीले आफुले ढुङ्गा खाएर सर्वसधारण जोगाउदाँ सबैभन्दा बढी प्रहरीघाइते भएको पर्सा प्रहरीले जनाएको छ । ढुङ्गामुढामा नेपाल प्रहरीका १७ जना, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
जुलुसमा सहभागी सर्वसाधारणलाई जोगाउदाँ जोगाउँदै प्रहरीको रेकर्ड अनुसार १७ जना समान्य घाइते भएको यो समाचार तयार गरेको बखत पर्सा प्रहरीको जनाएको छ । तर २ दर्जनबढी सर्वसधारणा समेत घाइते भएकाे बुझिएको छ ।
यसअघि पनि वीरगञ्जमा दुइ समुदाय बिच झडप भएको थियो ।