बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेको प्रथम पालिका स्तरीय अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।
अधिवेशन नेकपा एमाले नेता रामक्षत्री पटेलको अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रिय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरबिन्द सिंह, प्रदेश उपाध्यक्ष बिचारी यादव, पार्टका प्रदेश क्षेत्र नं. ४ ख का इन्चार्ज माेबिल आलम, जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, जिल्ला लेखा समिति अध्यक्ष शिव जी गुप्ता, उपसचिव जवाहिर अन्सारी, भावना आचार्य, र जिल्ला सदस्य गजेन्द्र पटेलको विशेष उपस्थिति रहेको थियो ।
अधिवेशनमा पार्टीको नीति, कार्यदिशा र संगठनात्मक विषयहरूमा व्यापक छलफल भएको थियो । उद्घाटन सत्रपश्चात बन्द सत्र सम्पन्न भएको थियो, जसका लागि पाँच सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको छ । अध्यक्ष मण्डलको नेतृत्व प्रदेश सदस्य तथा पालिका इन्चार्ज उमेश गुप्ताले गरेका छन् भने सदस्यहरूमा मोबिन आलम, जवाहिर अन्सारी, धु्रव यादव, रामक्षत्री पटेल र गजेन्द्र पटेल रहेका छन् ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउँदै स्थानीय विकास, सुशासन र समृद्धिका लागि एमाले प्रतिबद्ध रहेको बताए । अधिवेशनले संगठनात्मक एकता र सशक्तीकरणमा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ थियो ।