हनुमान जयन्तीको अवसरमा निकालिएको शान्तिपूर्ण र्यालीमाथि वीरगंजको छपकैयामा भएको ढुङ्गामुढा र त्यसपछिको झडपले पर्सा जिल्लामा फेरि साम्प्रदायिक सद्भावमा खलल पुर्याउने काम गरेको छ ।
उक्त घटनाले सुरक्षा निकायलाई थप तनावमा पारेको छ भने पटक पटक हुने यस्तो घटनाले स्थानीयमा भय तथा आशका उब्जाएको छ । शनिबार सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सौहार्द्रपूर्ण भइरहेकाे शान्त ¥याली लक्षित ढुङ्गामुढा तथा झडप हुनु योजनाबद्ध ढङ्गले घटना घटाइएको भन्ने बारेमा सर्वदलीय बैठकमा चासो व्यक्त गरिएको छ । उपस्थित कतिपयले एकै ठाउँमा बारम्बार विवाद झिक्ने प्रवृत्तिले अब गम्भीर मूल्याङ्कन गर्नुपर्ने औचित्य औंल्याएकाे छ ।
यस्ता घटना घटाउने उदृत भएकालाई कडा कारबाहीको आवश्यकता सर्वदलीय बैठक औंल्याएको छ ।
सम्पन्न सर्वदलीय बैठकले ५ बुदे निर्णय गर्दै साम्प्रदायिक द्वन्द्व फैलाउने जुनसुकै समुदाय, जात, धर्म वा राजनीतिक पृष्ठभूमिका व्यक्ति भए पनि कानूनी कारबाही गरिने सबैजना सहमत भएका छन् ।
सहभागी स्थानीय अगुवाहरूले विगतका घटनामा संलग्नलाई कारबाही नगरी राजनीतिक दबाबमा छोडिएकाले अहिलेको घटना दोहोरिएको बताएका थिए । “समस्या समाधानको नाममा अपराधीलाई छोडेर समाजमा असन्तोष थपिएकाले शनिबारको घटना दहरिएकाे बैठकमा एक नेताले बताए ।
गत वर्ष २०८० साल फागुन ८ गते रौतहटमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा साम्प्रदायिक झडप हुँदा त्यसैको अाडमा वीरगंजकाे छपकैयामा समेत दुइ समुदायविच झडप भएकाे थियाे । यस वर्ष साेही स्थानमा झडप हुनु सामाजिक संरचना र स्थानीय प्रशासनलाई समान्य रूपमा लिएकाले दाेहरिएकाे स्थानीय बताउँछन् ।
धार्मिक तथा सांस्कृतिक विविधता यस पर्सा जिल्लाकाे पहिचान हो । वीरगंजको सामाजिक संरचना दुबै समुदायकाे सहअस्तित्वमा आधारित छ । तर पछिल्ला केही वर्ष दोहरिरहने झडपले सामाजिक सद्भावमा गम्भीर असर पारिरहेको छ । यस्ता घटनाले त्यो पहिचानलाई धमिल्याउने खतरा बढाएकाले कडा कार्वाही गरिनुपर्ने बैठकमा सहभागीहरू बताउँछन् ।
बैठकले पर्सा जिल्लामा धार्मिक, सांस्कृतिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्ष प्रतिबद्ध रहने । कुनै पनि कार्यक्रम वा क्रियाकलापमा हातहतियार प्रदर्शन नगर्ने । धार्मिक संघसंस्थाहरूको सूक्ष्म अनुगमन गरिने र अव्यवस्थित वा शंकास्पद गतिविधि देखिए कानुन बमाेजिम कारबाही गरिने समेत निर्णय गरेकाे छ ।
एकपक्ष मात्र नभइ घटनापछि सामाजिक सञ्जालमा अफवाह र उत्तेजनात्मक सन्देश समेत पस्किने गरेकाले घटनामा मलजल गर्ने गरेकाे प्रशासनकाे बुझाई छ । जिल्ला प्रशासन कार्यालयले यस्ता सन्देश मित्था सुचनामा नलागी सबैलाई संयमित र जिम्मेवार रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, झडपमा परि घाइते भएकाहरूकाे निःशुल्क उपचारका लागी पहल गरिने बताएका छन् । उनले घटनामा संलग्नका लागी सत्य तथ्य भित्र रहेर नियम कानुनलाइ टेकेर छानबिन भइरहेको छ घटनामा संलग्न जो भएपनि कारबाही हुन्छ । पटक–पटक सदभाव बिगार्ने र राजनिति आडमा छुट्ने लय यसपाली पर्सा जिल्लामा ताेडिने उनले प्रस्ट पारेका छन् ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार घटना साम्य पार्न सुरक्षा निकायकाे तर्फबाट १ सय ४० राउण्ड आश्रुग्यास प्रहार गर्नु परेको थियो भने २ राउण्ड हवाई फायरसमेत गरिएको थियो । उक्त झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने तीन दर्जनभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूकाे वीरगंजस्थित नारायणी अस्पताल र अन्य निजी अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान निर्देशक दिलीप सिंह, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, धार्मिक अगुवा तथा सबै प्रमुख दलका स्थानीय नेताहरूको उपस्थिति रहेकाे थियो ।