संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगंजमा हालै देखिएको धार्मिक तथा सामाजिक असहिष्णुताको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री गुप्ताले कुनै पनि हालतमा सामाजिक सद्भाव विथोल्ने कार्य सह्य नहुने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्दै कानुनी कारबाही गर्न सुरक्षा संयन्त्रलाई निर्देशन पनि दिएका छन् । मन्त्री गुप्ताको विज्ञप्तिमा भनिएको छ, “सामाजिक सद्भाव खल्बल्याउने कार्यमा संलग्न जो–कसैलाई कानुनी दायरामा ल्याउन आवश्यक छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको छ ।”
उनले धार्मिक, सांस्कृतिक तथा जातीय विविधताबीच सहअस्तित्वको उदाहरण प्रस्तुत गर्दै आएका वीरगंजवासीप्रति आभार प्रकट गर्दै शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।
स्थानीय प्रशासन र सुरक्षा संयन्त्र सक्रिय
वीरगंज क्षेत्रमा हालैको हनुमान जन्मजयन्ती अवसरमा भएको झडपपश्चात् सामाजिक सञ्जालमा फैलाइएको अफवाह र उत्तेजनात्मक अभिव्यक्तिका कारण समुदायबीच असमझदारी र तनाव उत्पन्न भएको भन्दै मन्त्री गुप्ताले स्थानीय प्रशासन, प्रहरी तथा सरोकारवाला निकायलाई सक्रिय हुन निर्देशन दिएका छन् ।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार आर्थिक र औद्योगिक नगरी वीरगंजको सामाजिक संरचना बलियो बनाउनेतर्फ राज्य गम्भीर रहेको छ । मन्त्री गुप्ताले सबै पक्षहरूबीच समन्वय, संवाद र सहकार्यद्वारा समस्याको समाधान गर्नुपर्ने धारणा राखेका छन् ।
मन्त्री गुप्ताले सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले मुलुकको सामाजिक एकता र स्थायित्वमा चुनौती आउने बताएका छन् । “कुनै पनि समूह, गुट वा व्यक्ति धर्म, जाति, संस्कृति वा परम्पराको नाममा घृणा फैलाउने काममा संलग्न भएको प्रमाणित भए, तिनलाई नछोडिनेछ,” मन्त्री गुप्ताले विज्ञप्ती मार्फत भनेका छन् ।
सम्बन्धित समाचार
सद्भाव बिथोल्ने आरोपमा पक्राउ परेका पाँचै जनामाथि ६ दिनको म्याद थप, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रोको मुद्दा
पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग
बारा प्रशासनद्वारा धार्मिक सहिष्णुता र शान्ति सुरक्षाका लागि मुस्लिम अगुवासँग छलफल
राजनीतिक संरक्षणले पुनः साम्प्रदायिक झडप | संलग्नलाई कार्वाही गर्ने सर्वपक्षीय निर्णय [ विस्तृत भिडियाेे रिपाेर्ट ]
हिन्दुवादी युवाहरूको पक्राउको विरोधमा विहानदेखि टायर बालेर प्रदर्शन
छपकैयाको झडपपछि शीर्ष नेतृत्वप्रति असन्तोष, जसपाका नेताहरू फेसबुक मार्फत भट्टाभट्ट राजीनामा दिदै
पर्साको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली गलौज, स्थगित बैठक सुचारू
वीरगंजको छपकैयामा हनुमान जयन्तीको जुलुसमा दुई समुदायविच झडप छपकैया क्षेत्र तनावग्रस्त (भिडियाे सहित)
सर्वदलीय बैठक सम्पन्न, सामुदायिक द्वन्द्व फैलाउने जो कोहीमाथि कारबाही गर्ने संयुक्त निर्णय
सर्वसधारणलाई जोगाउदाँ पर्साका प्रहरी उपरिक्षक सहित २५ प्रहरी घाईते, २ दर्जनबढी सर्वसधारण घाईते [ भिडियाे रिपाेर्ट सहित ]
वीरगंजमा कर्फ्यु जारी, भेला र जुलुसमा पूर्ण प्रतिबन्ध
सम्बन्धित भिडियाे