वीरगंजमा धार्मिक सद्भाव बिथोलिएको आरोपमा पक्राउ परेका पाँच जनामाथि अनुसन्धान जारी छ ।
सामाजिक सद्भाव विथोल्ने र आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत, पर्साले ६ दिनसम्मको म्याद थप गरी प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।
पर्सा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार पक्राउ परेका शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई, रवि सरार्फ र बल्जित सिंहलाई अदालतको आदेशअनुसार थप ६ दिन हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति प्राप्त भएको हो । यस्तै, बुधबार थप एक जना शकिल मियाँलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
राज्यविरुद्धको कसुर र आपराधिक उपद्रोको मुद्दा
प्रहरीका अनुसार पक्राउ परेका मध्ये दुई जनालाई ‘राज्यविरुद्धको कसुर’ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ भने बाँकी दुई जनालाई ‘आपराधिक उपद्रो’सम्बन्धी मुद्दा लगाइएको छ । पाँचौं पक्राउ परेका शकिल मियाँमाथि पनि अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले सिसिटिभी फुटेज, ड्रोन भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओ सामग्रीहरूको विश्लेषणको आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको जनाइएको छ । घटनाका सम्बन्धमा थप व्यक्तिहरूको संलग्नता पुष्टि भएमा थप गिरफ्तारी गरिने प्रहरीको भनाइ छ ।
हनुमान जयन्तीको अवसरमा वीरगंजमा निकालिएको शोभायात्राको क्रममा धार्मिक विवाद चर्किएको थियो । सोही प्रसंगमा धार्मिक सहिष्णुता भंग गर्ने प्रयास गरिएको आरोपमा यी व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यस घटनाले वीरगंजको धार्मिक सद्भावमा असर पर्ने चिन्ता सार्वजनिक रूपमा व्यक्त हुन थालेको छ । स्थानीय समाजसेवी तथा बौद्धिक वर्गले सबै पक्षलाई संयमित र शान्त रहन आह्वान गरेका छन् ।
सम्बन्धित समाचार
सद्भाव बिथोल्ने आरोपमा पक्राउ परेका पाँचै जनामाथि ६ दिनको म्याद थप, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रोको मुद्दा
पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग
बारा प्रशासनद्वारा धार्मिक सहिष्णुता र शान्ति सुरक्षाका लागि मुस्लिम अगुवासँग छलफल
राजनीतिक संरक्षणले पुनः साम्प्रदायिक झडप | संलग्नलाई कार्वाही गर्ने सर्वपक्षीय निर्णय [ विस्तृत भिडियाेे रिपाेर्ट ]
हिन्दुवादी युवाहरूको पक्राउको विरोधमा विहानदेखि टायर बालेर प्रदर्शन
छपकैयाको झडपपछि शीर्ष नेतृत्वप्रति असन्तोष, जसपाका नेताहरू फेसबुक मार्फत भट्टाभट्ट राजीनामा दिदै
पर्साको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली गलौज, स्थगित बैठक सुचारू
वीरगंजको छपकैयामा हनुमान जयन्तीको जुलुसमा दुई समुदायविच झडप छपकैया क्षेत्र तनावग्रस्त (भिडियाे सहित)
सर्वदलीय बैठक सम्पन्न, सामुदायिक द्वन्द्व फैलाउने जो कोहीमाथि कारबाही गर्ने संयुक्त निर्णय
सर्वसधारणलाई जोगाउदाँ पर्साका प्रहरी उपरिक्षक सहित २५ प्रहरी घाईते, २ दर्जनबढी सर्वसधारण घाईते [ भिडियाे रिपाेर्ट सहित ]
वीरगंजमा कर्फ्यु जारी, भेला र जुलुसमा पूर्ण प्रतिबन्ध
सम्बन्धित भिडियाे