धार्मिक तनाव चुलिएको संवेदनशील समयमा वीरगंज महानगरपालिकाका प्रमुख पदाधिकारीहरू सरकारी जिम्मेवारी छाडेर भ्रमणमा निस्किएका छन् ।
हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच उत्पन्न विवादले वीरगंजमा सामाजिक सद्भाव खल्बलिएको छ भने अहिले पनि स्थिति पूर्ण रूपमा सामान्य भएको छैन ।
यस्तो अवस्थामा मंगलबार (वैशाख २) महानगरका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, कर्मचारीहरू र मेयर निकट कार्यकर्ताहरू पोखरा प्रस्थान गरी बुधवार मुक्तिनाथ पुगेका हुन् । स्थानीय प्रशासन र सुरक्षाकर्मी धार्मिक सहिष्णुता कायम गर्न सक्रिय रहँदा जनप्रतिनिधि र प्रशासनिक नेतृत्वको यस्तो ‘रमणीय भ्रमण’ले आलोचना भइरहेकाे छ ।
स्थानीय नागरिक जयलाल पटेलले “नगरमा विवाद र तनावको स्थिति छ, यस्तो बेला नेताहरू अग्रसर भएर नागरिकको मनोबल उच्च बनाउनुपर्ने हो, तर नेताहरू आराम गर्न रमणीय स्थल पुगेका छन् ।” उनले थपे, “त्यो पनि मंगलबारको दिन, जुन दिन तीन जना पत्रकार कुटिए, एकजनाको टाउको फुट्यो । यस्तो बेलामा भ्रमण जानु जनताको पीडाभन्दा एस अराम प्राथमिकतामा परेको देखिन्छ ।”
यता प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भ्रमण सरकारी नभई निजी भएको दाबी गरे उनले भने, “महानगरमा त्यति चाप थिएन, त्यसैले हामी आएको हाैँ । आईतबार हाजिर हुन्छाैँ ” तर, उनीहरूको अनुपस्थितिले दुबै समुदायको बैठक, समन्वय तथा नगर कार्यसम्पादनमा प्रभाव परेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक वडा अध्यक्षले भने, “महानगरले अहिलेसम्म गत वर्षकै दुई–तीन करोड रुपैयाँको भुक्तानी रोकेको छ । वडामा बजेट नआउँदा विकास कार्य ठप्प छन् । यस्तो अवस्थामा प्रमुखहरू भ्रमणमा जानु कुन नैतिकताले मिल्छ । ” उनले थपे, कहिले प्रमुख जिल्ला अधिकारी कहाँ समुदायको बैठकमा जानु परेको छ कहिले टोलबासीलाई सम्झाउनु परेको छ । हामीले वडामा बजेट नपाएर त्यतिकै अलमलमा छौँ, जनताको समस्या प्राथमिक हो कि घुमघाम ? निजी भ्रमण नै हो भने पछि पनि जान सकिन्थ्यो त ।”
महालेखा परीक्षकले यसअघि वीरगंज महानगरको भ्रमण सम्बन्धी खर्चको पारदर्शितामा प्रश्न उठाएको थियो । अहिले भने भ्रमण टोलीले खर्च निजी भएको प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णले दाबी गरेका छन् ।
स्थिति तनावपूर्ण, नेतृत्व अनुपस्थित
वीरगंजमा हाल धार्मिक सद्भाव कायम राख्न पर्सा प्रहरी र प्रशासन निरन्तर छलफल, निगरानी र मध्यस्थतामा छन् । यता नगरका शीर्ष तहका नेताहरूको अनुपस्थितिलाई कतिपयले गैरजिम्मेवारीपूर्ण कदमको रूपमा लिएका छन् । हुन त बुधबार रातिसम्म प्रशासनले स्थति नियन्त्रणमा लिन सफल भएका छन् । तर स्थानीय भन्छन्, “नगरको नेतृत्व पंक्तिले तनावग्रस्त बेला उपस्थित रही दुवै समुदायलाई संयमित हुन आग्रह गर्नुको सट्टा अनुपस्थित रहनु शासकीय उत्तरदायित्वको उपेक्षा देखाउँछ ।
यसले नागरिकमा प्रशासन प्रतिको विश्वास घटाउँछ ।”
घटनाको विषयमा मेयर राजेशमान सिंहले भने आधिकारीक रुपमा कुनैपनी धारणा राखेका छैनन् । यद्दपी क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदिप यादव, समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सार्वजनिक रुपमा आफ्नो धारण राखेका छन् ।
सम्बन्धित समाचार
सद्भाव बिथोल्ने आरोपमा पक्राउ परेका पाँचै जनामाथि ६ दिनको म्याद थप, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रोको मुद्दा
पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग
बारा प्रशासनद्वारा धार्मिक सहिष्णुता र शान्ति सुरक्षाका लागि मुस्लिम अगुवासँग छलफल
राजनीतिक संरक्षणले पुनः साम्प्रदायिक झडप | संलग्नलाई कार्वाही गर्ने सर्वपक्षीय निर्णय [ विस्तृत भिडियाेे रिपाेर्ट ]
हिन्दुवादी युवाहरूको पक्राउको विरोधमा विहानदेखि टायर बालेर प्रदर्शन
छपकैयाको झडपपछि शीर्ष नेतृत्वप्रति असन्तोष, जसपाका नेताहरू फेसबुक मार्फत भट्टाभट्ट राजीनामा दिदै
पर्साको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली गलौज, स्थगित बैठक सुचारू
वीरगंजको छपकैयामा हनुमान जयन्तीको जुलुसमा दुई समुदायविच झडप छपकैया क्षेत्र तनावग्रस्त (भिडियाे सहित)
सर्वदलीय बैठक सम्पन्न, सामुदायिक द्वन्द्व फैलाउने जो कोहीमाथि कारबाही गर्ने संयुक्त निर्णय
सर्वसधारणलाई जोगाउदाँ पर्साका प्रहरी उपरिक्षक सहित २५ प्रहरी घाईते, २ दर्जनबढी सर्वसधारण घाईते [ भिडियाे रिपाेर्ट सहित ]
वीरगंजमा कर्फ्यु जारी, भेला र जुलुसमा पूर्ण प्रतिबन्ध
सम्बन्धित भिडियाे