भारतको बिहार राज्य अन्तर्गत भोजपुर जिल्लाको गड़हनी थाना क्षेत्रको लहरपा गाउँमा गतराति भएको एक विवाह समारोह हिंसात्मक झडपमा परिणत हुँदा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
झडपका क्रममा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरेका कारण विवाह हिसांमा परिणत भएकाे थिए । प्रहरीका अनुसार लहरपा गाउँका २३ वर्षीय लवकुश कुमार (पिता सुरेश यादव) र २३ वर्षीय राहुल कुमार (पिता संजय सिंह) को गोली लागेर मृत्यु भएको भारतिय प्रहरीले जनाएकाे छ ।
गाेलि लागेकाे लवकुशको घटनास्थलमै ज्यान गएको हो भने राहुलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको चिकित्सकले जनाएकाे छ । घाइतेहरूमा लहरपा निवासी बाली सिंहका छोरा ३० वर्षीय पंकज कुमार, सुदर्शन सिंहका छोरा १८ वर्षीय अप्पू कुमार, नारायणपुरको भलुनी गाउँ निवासी २० वर्षीय अक्षय कुशवाहा र आर्यन कुमार रहेका छन् । तीमध्ये अप्पू कुमारको अवस्था गम्भीर छ र हाल सदर अस्पताल र निजी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार विवाह समारोहको बेला घटेको हो, जहाँ लहरपा निवासी कमलेश कुशवाहाको घरमा काउप गाउँबाट जन्ती आइरहेका थिए । जन्ती घर नजिक आइपुग्दा बाटोमा भीड र जामका कारण विवाद सुरु भएको र सोही क्रममा थार गाडीमा आएका युवाहरू र स्थानीयबीच झडप भएको बताइएको छ । झडपकै क्रममा गोली चलेको र तत्कालै भाग्मभाग मच्चिएको थियो ।
स्थानीय प्रहरी गडहनीका थानाध्यक्ष रणवीर कुमारसहितको टोली घटनास्थलमा पुगेको छ भने पहिला कै रिसबि र राजनीतिक प्रतिशोधका कारण पनि यो झडप भएको आशंका गरिएको छ । केही समयअघि भाजपा नेताका सुपुत्र बबलू सिंहमाथि आरा क्षेत्रमा गोली प्रहार भएको घटनासँग पनि यसको सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएकाे छ ।
सोमबार बिहान आक्रोशित स्थानीयबासीहरूले शवसहित आरा–अरवल मार्ग तथा गडहनी–अगिआंव सडक अवरुद्ध गरेका थिए । उनीहरूले दोषीहरूको पक्राउ र पीडित परिवारलाई मुआब्जा दिन माग गरेका छन् । घटनास्थलमा प्रहरी उपरीक्षक राजसहित उच्च सुरक्षा अधिकारीको टोली पुगेको भारतिय प्रहरीले जनाएकाे छ । यता पक्राउ परेका व्यक्ति मध्ये एक पिता र उनका छोरा छन्, जसलाई हाल प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको छ ।
घटनामा प्रयोग भएको भनिएको थार गाडी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको भारतिय प्रहरीले जनाएको छ ।