जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको नेतृत्वमा जिल्लाको समग्र सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय सुधार गरेको छ ।
माघ १८ गतेबाट कार्यभार सम्हालेका एसपी तामाङले ७६ जना फरार अभियुक्तलाइ पक्राउ गरेको छ । उनीहरूबाट १७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको जरिवाना असुली गरिएको प्रहरीले जनाएको छ । यसैगरी उनि आएदेखी अपराध अनुसन्धान शाखामा २९९ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय २४ वटा मुद्दा सफलतापूर्वक फर्छ्यौट गरिएका छन् भने १७५ मुद्दा अझै प्रक्रियामा रहेका छन् । लागुऔषधसम्बन्धी ४१ मुद्दामध्ये ४ वटा फर्छ्यौट गरिएको छ ।
प्रहरीले उनि आएदेखि ११ क्विन्टल ९ किलो ६२१ ग्राम गाँजा, ४५ किलो ५७१ ग्राम अफिम, ३२८.९ मि.ग्रा. ब्राउन सुगर र ११ किलो ६८० ग्राम चरेश बरामद गरेको छ । भने, लागुऔषध सम्बन्धी गतिविधिमा संलग्न ५९ जना (५६ पुरुष र ३ महिला) पक्राउ गरेकाे छ ।
एसपी तामाङको निर्देशनमा बारामा सञ्चालन गरिएको निगरानी र छड्के अभियानमार्फत ६ करोड ५ लाख १४ हजार ६७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ ।
यसैगरी उजुरी शाखामा छ सय ५ उजुरी दर्ता भएका मध्ये चारसय ५६ उजुरीको फर्छ्यौट गरिएको छ । महिला तथा बालबालिका शाखामा हराएका ६१ जनामध्ये २५ जना फेला पारिएको र ३६ जना अझै फेला पर्न बाँकी रहेकाे जनाएकाे छ । यसैगरी घरेलु हिंसासम्बन्धी १६८ उजुरीमध्ये १३६ उजुरी फर्छ्यौट गरिएका जनाएकाे छ ।
बारा प्रहरीले ६ जना बालिका र ७ जना बालक गरी १३ जना बालबालिकाको उद्धार गरेको छ । यस अवधिमा हराएका ३२ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको पनि प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिएका छन् ।