स्वस्थ जीवनशैलीका लागि केवल खानपान मात्र होइन, सुत्ने र उठ्ने समयको तालिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ ।
चिकित्सा विज्ञानका अनुसार निश्चित समयमा सुत्नु र उठ्नु शरीरको जैविक घडी (biological clock) अनुसार तालमेल मिलाउनु हो, जसले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यलाई सन्तुलनमा राख्छ ।
सुत्ने उपयुक्त समय: राति १० बजेदेखि ११ बजेसम्म
विशेषज्ञहरूका अनुसार राति १० देखि ११ बजेसम्म सुत्न जानु आदर्श मानिन्छ। यो समयमा शरीरको मस्तिष्क तथा अन्य अंगहरू विश्रामको प्रक्रियामा जान थाल्छन् ।
किन राति १० देखि ११ उपयुक्त ?
– रातिको १० बजेपछि शरीर मेलाटोनिन नामक हार्मोन उत्पादन गर्न थाल्छ, जसले निद्रा गहिरो बनाउन सहयोग गर्छ ।
– १०–२ बजेबीच शरीरको कलेजो, मुटु, मस्तिष्क लगायत अंगहरू मर्मत (detoxification) प्रक्रियामा सक्रिय हुन्छन् ।
– छिटो सुत्दा बिहान छिटो उठ्न सकिन्छ, जसले दिनको सुरुआत सक्रिय बनाउँछ ।
बिहान उठ्ने उपयुक्त समय: बिहान ५ देखि ६ बजेभित्र
विभिन्न अध्यययनले बिहान ५ देखि ६ बजेभित्र उठ्ने व्यक्तिहरू बढी ऊर्जा, ध्यान र सकारात्मक भावनासहित दिन सुरु गर्ने देखाएका छन् ।
बिहान छिटो उठ्नाले हुने फाइदा:
– सूर्यको पहिलो किरणले शरीरमा भिटामिन D उत्पादन गर्न मद्दत गर्छ, जुन हड्डी र प्रतिरक्षा प्रणालीका लागि आवश्यक हुन्छ ।
– ध्यान, योग, शारीरिक व्यायामका लागि उपयुक्त समय यही हो ।
– बिहानको स्वच्छ हावाले मानसिक स्फूर्तता दिन्छ ।
– समयमै उठ्दा नास्ता, तयारी र कामको सुरुआतमा अव्यवस्था हुँदैन ।
बिहान छिटो उठ्न नसक्ने समस्याको समाधान
– निद्राका लागि फोन, ल्यापटप, टिभीको प्रयोग सुत्नुअघि एक घण्टा बन्द गर्नुपर्छ ।
– सुत्ने कोठा शान्त, अँध्यारो र शीतल हुनुपर्छ ।
– क्याफिनयुक्त पदार्थ (कफी, चिया) बेलुकीपछि नगर्नु उचित हुन्छ ।
– हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी विकास गर्नुपर्छ ।
डाक्टरको सल्लाह
मानसिक स्वास्थ्य विशेषज्ञ डा. रमेश मल्लका अनुसार, “नियमित सुत्ने–उठ्ने तालिका बनाउन सकेमा तनाव कम हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ र मुड सन्तुलनमा रहन्छ । यो दीर्घकालीन स्वास्थ्यका लागि अत्यन्त आवश्यक अभ्यास हो ।”