पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ अभियान पर्सामा सुरु भएको छ ।
स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको आइपीभी खोप अभियान २०८१ बारे अभिमुखिकरण गोष्ठीमा यसबारे जानकारी गराएको हो । पहिलो चरण अन्र्तगत ज्येष्ठ १३ गतेदेखि ज्येष्ठ १६ गतेसम्म वीरगंज महानगरपालिकाका वडा नं. १ देखि १६ सम्म, बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिका, पकहामैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका, विन्दवासीनी गाउँपालिका, ठोरी गाउँपालिका र कालिकामाई गाउँपालिका गरी जम्मा ८ पालिकामा बालबालिकालाई यो खोप अभियान लगाइरहेको छ भने ।
दोस्रो चरण अन्र्तगत ज्येष्ठ २३ गतेदखि २६ गतेसम्म १६ हजार ६२८ जना बालबालिकालाई खोप लगाउने कार्यालयले जनाएको छ । दोस्रो चरणमा वीरगञ्ज महानगरका १७ नम्बर वडादेखि ३२ नम्बरसहित पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरीया नगरपालिका, गरी ७ पालिकाका बालबालिकालाई खोप लगाउने स्वास्थ्य कार्यालय पर्साको तयारी रहेका छ ।
स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरका अनुसार यो खोप लगाउने उमेर समूहका ३१ हजार ८१२ जना बालबालिका छन् । पहिलो चरणअन्र्तगत १५ हजार ९८५ जना बालबालिकालाई आइपीभीविरुद्धको खोप लगाइने छ ।
पोलियो रोग विरुद्धको आई. पि. भी. खोप अभियान सम्बन्धी, माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको सन्देश