देशभर खोप अभियान चलिरहेको छ ।
पर्सा जिल्लामा समेत स्वास्थ्य कार्यालय पर्साले जोडतोडका साथ खोप लगाउन छुटेका बालबालिकाहरुका लागी सबै व्यवस्थापन मिलाएको थियो । तर हचुवाको भरमा विद्यालय बन्द गराउँदा खोप वीरगंज महानगरपालिकाको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय पर्साले जनाएकाे छ ।
महिनादिन पहिल्यैदेखी जिल्लाभरी खोप अभियानका लागी पुर्व निर्धारित कार्यक्रम तय गरेर सम्पुर्ण तयारी गरेको स्वास्थ्य कार्यालय पर्सासंग समन्वय नगरि विदा दिदाँ आइपीभी खोप अभियान प्रभावित हुन गएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । पहिलो चरण अन्तर्गत ज्येष्ठ १३ गतेदेखि ज्येष्ठ १६ गतेसम्म वीरगंज महानगरपालिकाको वीरगंज महानगरपालिकाका वडा नं. १ देखि १६ सम्मका बालिबालिकालाई खोप लगाउने कार्यक्रम तय थियो तर कार्यक्रम सुरु हुनु अगाडी नै खोप अभियानका लागी तय भएकै दिनहरुमा विदा दिदाँ खोप अभियान प्रभावित हुन गएको स्वास्थ्य कार्यालय पर्साका कार्यालय प्रमुख मुक्ति नारायण साहले बताए । उनले भने पहिलो चरणका लागी क्षेत्र अनुसार खोप कार्यकर्ता, निगरानी कर्ता, भोलेन्टीयर र केहि भवितव्य आईहाले ३/३ जना चिकित्सक तयारी अवस्थामा राखिएको थियो । तर वीरगंज महानगरपालिकाले विद्यालय बन्द गराईदिदाँ अधिकांश विद्यार्थी महानगरमा खोप लगाउन छुटेको हो ।
पुर्व निर्धारित अन्तर्गतको कार्यक्रम भएको भए एकै खर्चमा गर्न सकिन्थ्यो तर महानगरले मनलाग्दी गर्दा लाग्ने खर्च स्वयम महानगरले व्यवहोर्नुपर्ने उनले बताए । पहिलो चरण अन्तर्गत बहुदरमाई नगरपालिका, छिपहरमाई गाउँपालिका, पकहामैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका, विन्दवासीनी गाउँपालिका, ठोरी गाउँपालिका र कालिकामाई गाउँपालिकामा खोप अभियान गरिएको छ । जसमा १५ हजार ९८५ जना बालबालिकालाई आइपीभीविरुद्धको खोप लगाइने खोप समन्वयको योजना थियो ।
बाँकी रहेको दोस्रो चरण अन्तर्गत ज्येष्ठ २३ गतेदखि २६ गतेसम्म वीरगञ्ज महानगरका १७ नम्बर वडादेखि ३२ नम्बरसहित पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरीया नगरपालिका गरी १६ हजार ६२८ जना बालबालिकालाई खोप लगाउने स्वास्थ्य कार्यालय पर्साले तयारी गरेको छ ।
खोप अभियान पुर्व निर्धारित कार्यक्रम भएपनि शिक्षा समन्वय समितिले निर्णय गरेकाले विद्यालयहरुमा गर्मी विदा अन्तर्गत छुटि दिइएको वीरगंज महानगरपालिकाका प्रवक्ता अरविन्दलाल कर्णले बताए । हुन त छुट्टि दिएको दिन पानी पर्ने मौसम थियो तर त्यसै अनुसार निर्णय आयो र १५ गते गणतन्त्र दिवस भएकाले शुक्रबार सम्म नै छुट्टि दिइएको उनले बताए । यता छुट्टीले पुर्व निर्धारित खोप प्रभावित नभएको दाबी गरेका छन् ।
कतिपय विद्यालयमा जानकारी गराएर खोप लिने विद्यार्थीलाई उपस्थिति गराई खोप दिलाएको र घर गईसकेकाले छुटेका बालबालिकाको हकमा विद्यालय खुलेपछि व्यवस्थापन मिलाउने आफुलाई जानकारी भएको बताए ।