केही दिनदेखि निष्क्रिय रहेको माैसम पुन सक्रिय भएको छ । जसका कारण देशभर साधारण बदली भएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माैसम बदलिले इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, नवलपरासी र आसपासका जिल्ला भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । साथै ताप्लेजुङ्ग, संखुवासभा, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बग्ने अधिकांश ससाना नदीहरुको बहाव बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।
अाजको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।