वीरगंजस्थित नारायणी अस्पतालको अस्पताल विकास समिति कै अध्यक्षले आईसीयूमा कार्यरत स्टाफ नर्सलाई अभद्र व्यवहार गरेको भन्दै छानविन गर्न माग गरिएको छ ।
उजुरी पत्रमा नारायणी अस्पतालको आइसीयु कक्षमा कार्यरत स्टाफ नर्सले अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले डिउटिको समयमा राती ११ः०० बजे, ११ः०९, ११ः३२ र ११ः४६ मिनेटमा पटकपटक फोन गरेर धम्की दिनुको साथै मानसिक तनाव समेत दिएर अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । नारायणी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) लाई सम्बोधन गर्दै पिडितले ३५४८ नम्बर दर्ता गराइएको उजुरी पत्रमा आर्थिक अवस्था कमजोर भएकाले विग्त तीनवर्षदेखी इमानदारी पूर्वक काम गर्दै आएकोमा मेट्रोनबाट अनुमति लिएर आफूले अध्ययन गर्दै आएको विषय कहिलेकाँही पढ्दै गरेको थिए । तर विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले अबेर राति पटक पटक फोन गरेर, के गरेकाे किन बसेकाे, किन पढेकाे लगायत अस्वभाविक प्रश्न साेधेर मानसिक तनाव दिएको उजुरीकर्ता नर्सले पत्रमा आरोप लगाएकी छन् ।
वैशाख १६ गते दिएकाे उजुरीमा, उनले मैले गर्दै आएको काममा समस्या परे नर्सिङ्गा इन्चार्ज वा म भन्दा माथिल्लो तहका कर्मचारीबाट मसँग जवाफ माग्नु पर्नेमा अध्यक्ष जस्तो व्यक्तिले राति राति पटक पटक फोन गरेर धम्की दिनुको साथै मानसिक तनाव दिएर अभद्र व्यवहार गरेको आरोप लगाइएकाे छ ।
लामो समयदेखि चरम बेथितिमा रहेको नारायणी अस्पताल सुधारका योजना भाषणका क्रममा नेतृत्वहरूले सनाए पनि बेथिति झनै मौलाउँदै गएको कतिपयकाे आरोप छ । एकले अर्को कर्मचारीको नटेर्ने, हस्ताक्षर गरेर डिउटी नगरी फरार हुने र विभिन्न गुट उपगुटले सेवा प्रवाहमा बिरामीहरूलाई मर्का परे पनि सुधारका काम भन्दा राजनितिकरण हुदैँजादाँ कतिपय राम्रा चिकित्सक समेत नारायणाीमा बस्न मान्दैनन्र ।
नारायणी अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) लाई लेखिएको पत्र थप छानविनका लागी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नारायणी अस्पताल प्रमुख र अस्पतालको नर्सिङ्ग प्रमुखलाई बोधार्थ गरेको छ । घटनाबारे हालसम्म कुनै कावार्ही प्रकृया अगाडि बढाइएकाे छैन्र । बिरामीको सेवामा तत्पर आईसीयूकै नर्समाथिको यस्तो व्यवहारले राजनीति बहालि भएका समितिका अध्यक्षलाई अस्पताल, प्रहरी प्रशासन र उनकाे पार्टी नेपाली कांग्रेसले कतिको कारवाही गर्ला आउने दिनले देखाउँछ ।