स्वस्थ जीवनशैलीको लागि नियमित योग अभ्यास अत्यन्त महत्वपूर्ण मानिन्छ। बिहानको समय योग अभ्यास गर्नको लागि सबैभन्दा उपयुक्त मानिन्छ । यसले दिनभरको ऊर्जालाई सन्तुलित राख्न मद्दत गर्दछ। यहाँ केही बिहानको योग टिप्स प्रस्तुत गरिएको छ, जसले तपाइँलाई स्वस्थ र ऊर्जावान रहन मद्दत गर्नेछ ।
१. सूर्य नमस्कार:
सूर्य नमस्कार बिहानको योग अभ्यासको लागि उत्तम मानिन्छ। यसले सम्पूर्ण शरीरलाई ताजगी दिन्छ र रक्तसंचारलाई सन्तुलित बनाउँछ ।
२. ब्रीदिङ एक्सरसाइज (प्राणायाम):
साँसको व्यायाम (प्राणायाम) बिहानको योगको महत्वपूर्ण हिस्सा हो। यसले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ। अनुलोम-विलोम, कपालभाति जस्ता प्राणायामहरु गर्न सकिन्छ ।
३. वज्रासन:
वज्रासनले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्छ। खाना खाएपछि कम्तिमा ५ मिनेट वज्रासनमा बस्नुपर्छ ।
४. भुजङ्गासन:
भुजङ्गासनले मेरुदण्डलाई सुदृढ बनाउन र तनाव कम गर्न मद्दत गर्छ। बिहानको समय यस आसनले शरीरलाई ताजगी दिन्छ ।
५. शवासन:
शवासनले सम्पूर्ण शरीरलाई आराम दिन्छ र मानसिक शान्ति प्रदान गर्छ। यसलाई योग अभ्यासको अन्त्यमा गर्नु उपयुक्त मानिन्छ ।
६. ध्यान:
ध्यानले मानसिक सन्तुलन र शान्ति दिन्छ। बिहानको समय केही मिनेट ध्यान गरेर दिनको सुरुआत गर्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
सुझाव:
- योग अभ्यास सधैं खाली पेटमा गर्नुपर्छ।
- योग गर्दा सफा र शान्त स्थान चयन गर्नुहोस्।
- नियमितता कायम राख्नुहोस्।
विहानको योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन मद्दत गर्दछ । यसले दिनभरको तनावलाई कम गर्न र शरीरलाई ताजगी दिन मद्दत गर्छ । योगलाई आफ्नो दैनिक जीवनशैलीको हिस्सा बनाएर स्वस्थ र ऊर्जावान रहन सकिन्छ ।