गत जेठ २८ यता निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले दुइ महिनाकाे अवधीमा एक सय ६८ जनाको मृत्यु भएको छ ।
विपद्मा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बाढी र पहिरोले घाइते हुनेहरूको संख्या भने दुइसय एक पुगेको प्रहरीले जनाएकाे छ । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन् ।
विभिन्न निकाय र स्थानीयबासीको समन्वयमा बाढी र पहिरोबाट उद्धार गरी एक सय १० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएकाे छ । भने बाढी पहिरोमा परी ५० जना वेपत्ता भएका छन् ।
नेपाल प्रहरीका अनुसार बाढीले तीन सय ८४ घर डुबानमा परेका छन् भने दुइ सय ६९ घर, एक सय दुइ गोठ, ४३ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीबाट ७६४ पशु चौपायाको मृत्यु भएको छ भने विपद्का घटनाबाट ४,२९२ परिवार विस्थापित भएका छन् ।